अस्थायी कामदार भिसा, ग्रिनकार्ड, भिसा थप र परिवर्तन लगायतका १३ वटा आवेदन फर्ममा परिवर्तन


प्रकाशित मिति : चैत्र ६, २०७७ शुक्रबार

अमेरिकी सरकारको अध्यागमन एजेन्सी युएससीआईएसले ग्रिनकार्ड, भिसा थप र परिवर्तन लगायतका १३ वटा आवेदन फर्ममा परिवर्तन गरेको छ । यो परिवर्तन अप्रिल १९ बाट लागु हुने युएससीआईएसले जनाएको छ ।

गत मार्च ९ मा ट्रम्पकालिन पब्लिक चार्जको नियम लागु गर्न रोकेपछि युएससीआईएसले नयाँ आवेदन फर्महरु लागु गरेको हो । आगामी दिनमा अध्यागमन आवेदनहरुका लागि फर्मको मार्च १० को भर्सन प्रयोग गर्न युएससीआईएसले सुझाव दिएको छ ।

अप्रिल १९ सम्म पूराना फर्महरु पनि प्रयोग गर्न सकिने भएतापनि त्यसपछि भने पूराना फर्महरु पूर्णरुपमा अस्वीकार गर्ने युएससीआईएसले जनाएको छ । नयाँ फर्ममध्ये भिसा थप र भिसा परिवर्तनको आवेदन अनलाइनमार्फत दिन सकिने भएतापनि अन्य सबै फर्महरुभने कागजीरुपमा नै भरेर हुलाकबाट पठाउनुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आप्रवासी भिसा स्पोन्सरका लागि भरिने फर्म आई ८६४, स्पोन्सर र परिवारका सदस्यबीचको सम्झौता आई ८६४ ए, स्पोन्सर फर्म आई ८६४ ईजी, स्पोन्सरका लागि छुटको आई ८६४ डब्लु फर्म परिवर्तन गरिएको छ । त्यस्तै भिसा थप र परिवर्तनको आई ५३९ तथा आई ५३९ एमा पनि परिवर्तन गरिएको छ ।

अस्थायी कामदार भिसाका आई १२९, आई १२९ सी डब्ल्यु र आई १२९ सी डब्ल्यु आरमा पनि परिवर्तन गरिएको छ । त्यस्तै ग्रिनकार्ड आवेदन आई ४८५, ग्रिनकार्डको पुरक आवेदन आई ४८५ ए र जागिरको अफरको आई ४८५ जे फर्ममा पनि परिवर्तन गरिएको छ ।

शुल्क मिनाहाका लागि भरिने आई ९१२ फर्ममा पनि परिवर्तन गरिएको युएससीआईएसले जनाएको छ ।

युएससीआईएसका सबै फर्महरु हेर्न यहाँ क्वीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com