भिसा स्पोन्सरकर्ताले क्रेडिट स्कोर र ३ बर्षे ट्याक्स रेकर्ड बुझाउनुपर्ने नियम फिर्ता


प्रकाशित मिति : चैत्र ६, २०७७ शुक्रबार

ट्रम्प प्रशासनले गत अक्टोबरमा ग्रिनकार्ड आवेदकलाई स्पोन्सर गर्ने स्पोन्सरकर्तालाई जिम्मबार बनाउन नयाँ नियम प्रस्ताव गरेकोमा उक्त प्रस्तावित नियम बाइडेन प्रशासनले फिर्ता लिएको छ । यो नियम गत अब्टोबर २ मा फेडरल रजिस्टरमा प्रकाशित भएको थियो । र, त्यसपछि यो नियमका लागि ३० दिनको कमेन्ट अवधि दिइएको थियो ।

नियम कार्यान्वयन भइसकेको थिएन । अन्तिम नियम प्रकाशन हुन बाँकी रहेकै अवस्थामा बाइडेन प्रशासनले उक्त नियम फिर्ता गरेको हो ।

सोमबार फेडेरल रजिष्टरमा प्रकाशित हुने सुचना

यो प्रस्तावित नियम पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१९ को मे २३ मा जारी गरेको मेमोमा आधारित थियो । जसमा स्पोन्सर गर्ने व्यक्तिको कानूनी उत्तरदायीत्वहरु समावेश गरिएको थियो । तर वर्तमान राष्ट्रपति जो बाइडेनको फेबु्रअरी २ को कार्यकारी आदेशका आधारमा यो नियम फिर्ता गरिएको छ । बाइडेनको उक्त कार्यकारी आदेशमा अमेरिकाको अध्यागमन प्रणालीप्रतिको विश्वास कायम गर्ने लगायत उल्लेख छ ।

फिर्ता गरिएको नियममा के थियो ?

यो नियममा स्पोन्सर फर्म आई ८६४ र आई ८६४ ईजी भर्ने स्पोन्सरकर्ताहरुलाई त्यसका नियमप्रति उत्तरदायी बनाउने प्रावधानहरु थिए । अमेरिकी ग्रिनकार्ड आवेदकलाई स्पोन्सर गर्दा स्पोन्सर गरिएको व्यक्तिले सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट गराउने नियम रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो नियममा स्पोन्सरकर्ताले क्रेडिट रिपोर्ट, क्रेडिट स्कोर, विगत ३ बर्षको ट्याक्स रिर्टनको प्रमाणित प्रति, बैंक एकाउन्टको विवरण पेश गर्नुपर्ने उल्लेख थियो । स्पोन्सरकर्ताले आवश्यक आम्दानी गरिरहेको प्रमाणित गर्न बैंक एकाउन्टको विवरण पेश गर्नुपर्ने नियममा रहेको थियो ।

यदि स्पोन्सरकर्ताले विगत ३६ महिनाको अवधिमा सरकारी सुविधा लिएको भएमा त्यस्तो कुनै सरकारी सुविधा नलिएको अर्को स्पोन्सरकर्ता समेत आवश्यक पर्ने नियममा उल्लेख थियो । विगतमा कसैलाई स्पोन्सर गरेर उक्त आप्रवासीलाई गर्ने सहयोग गर्न असफल रहेको भएमा पनि को स्पोन्सरको आवश्यकता पर्ने समेत उल्लेख थियो ।

उक्त नियममा स्पोन्सरकर्ताले आफ्नो एकाउन्ट भएको बैंकको नाम, एकाउन्ट नम्बर, राउटिंग नम्बर, बैंक एकाउन्ट होल्डरको नाम लगायतका विवरण समेत बुझाउनुपर्ने उल्लेख थियो । अमेरिकामा आउने व्यक्तिले प्रयाप्त बित्तिय सहायता भएको पुष्टी गर्न स्पोन्सरकर्ताका तर्फबाट यो विवरण अमेरिकी सरकारलाई बुझाउनुपर्ने उक्त नियममा जनाइएको थियो ।

अमेरिकामा प्राय सबै परिवारमा आधारित र केही रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुका लागि स्पोन्सरको आवश्यकता पर्छ । स्पोन्सरकर्ताले आई ८६४ वा आई ८६४ ईजी भरेर स्पोन्सर गर्नका लागि अमेरिकी सरकारले तोकेको मापदण्ड अनुशारको आम्दानी भएको हुनुपर्ने प्रावधान रहेको छ ।

यस फारमले कानुनी रूपमा बाध्यकारी सम्झौताको रूपमा काम गर्दछ जहाँ अमेरिकाका नागरिक वा ग्रिनकार्डवाहक जसले कुनै व्यक्तिलाई स्पोन्सर गर्छन् । स्पोन्सरकर्ताले कसैलाई स्पोन्सर गर्नका लागि प्रयाप्त आम्दानी हुन जरुरी छ, जुन सामान्यतया संघीय गरिबी गाइडलाइनको १२५ प्रतिशत हुनुपर्छ ।

अहिलेको नियममा स्पोन्सर फर्म भर्दा स्पोन्सरकर्ताले नोटरी गर्न आवश्यक छैन । तर उक्त नियममा स्पोन्सरकर्ताले उक्त फर्म भरिसकेपछि नोटरी गरेको हुनुपर्ने प्रावधान थियो । नयाँ नियम लागु भएको भए अमेरिकामा परिवार, रोजगार वा डिभीमा आधारित व्यक्तिले प्राप्त गर्न निकै मुस्किल हुने अवस्था थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com