महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजीनामा दिएका हुन्। महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गर्दै खरेलले राजीनामा घोषणा गरेका हुन्।
उनले प्रधानमन्त्रीसँग छलफल गरेरै राजीनामा दिएको बताए। उनले पत्रकार सम्मेलनमा २०७४ फागुन ८ गते आफू पदमा नियुक्त भएयता आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गरेका थिए। उनले उक्त अवधिमा संस्थागत सुधारका लागि विभिन्न कार्य गरेको, संस्थालाई व्यावसायिक बनाउन प्रयास गरेको बताए।
यसैबीच, महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।