पहिले नै ट्याक्स फाइल गरेकाहरुलाई आइआरएसले १० हजार २ सयको ट्याक्स स्वत: रिफण्ड दिने


प्रकाशित मिति : चैत्र ५, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर १ दशमलव ९ ट्रिलियन डलरको प्याकेजमा हस्ताक्षर गर्नु अगाडि नै ट्याक्स फाइल गरेका र गतबर्ष बेरोजगारी विमा रकम लिएकाहरुको बेरोजगारी विमाको सुरुको १० हजार २ सय डलरमा लगाइएको ट्याक्स आईआरएसले स्वत रिफण्ड गर्ने भएको छ । आईआरएसका कमिश्नर चक रेटिगले पहिले नै ट्याक्स फाइल गरिसकेकाहरुलाई थप कुनै कदम नचाल्न र आईआरएसले आफै १० हजार २ सय डलरमा लिएको ट्याक्स रिफण्ड गर्ने जानकारी दिएका छन् ।

१ दशमलव ९ ट्रिलियनको राहत प्याकेजले बार्षिक आम्दानी १ लाख ५० हजारभन्दा कम रहेकाहरुको सन्दर्भमा सन् २०२० मा बेरोजगारी विमाको रकम लिएकाहरुका सन्दर्भमा १० हजार २ सय सम्मको रकममा ट्याक्स नलाग्ने व्यवस्था गरेको छ । तर बाइडेनले बिलमा हस्ताक्षर गर्नु अगाडि नै ट्याक्स फाइल गरेकाहरु उक्त छुट कसरी प्राप्त गर्ने भन्ने सन्दर्भमा अन्यौलमा रहेका थिए ।

पहिले नै ट्याक्स फाइल गरेकाहरुले ट्याक्स परिमाजर्न फाइल गर्न वा कुनै कदम चाल्नु नपर्ने भएको छ । रेटिगले बिहिबार कँग्रेसनल प्यानलमा भने – ‘पहिले नै ट्याक्स फाइल गरिसकेकाहरुले ट्याक्स परिमार्जन फाइल नगर्नुहोला । हामी विश्वास गर्छौ कि हामीले यो मामला आफै सल्टाउन सक्षम हुनेछौं । हामी विश्वास गर्छौ कि हामीले १० हजार २ सयसँग सम्बन्धित रिफण्ड स्वत जारी गर्न सक्षम हुनेछौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रेटिगले ट्याक्स फाइल नगरिसकेकाहरुका सन्दर्भमा कसरी प्रकृयामा लैजाने भन्नेबारे छिट्टै विस्तृत विवरण सार्वजनिक गरिने बताएका छन् । आईआरएसले ट्याक्स फाइल गर्ने अवधि मे १७ सम्म थप गरिसकेको छ ।

सन् २०२० मा बेरोजगारी विमा रकम लिएका तर ट्याक्स फाइल नगरेकाहरुलाई समेत ट्याक्स नलाग्ने १० हजार २ सय डलरको फाइदा लिनका लागि केही समय प्रतिक्षा गर्न आईआरएसले सुझाव दिएको छ । कागजीरुपमा फाइल गर्नेहरुका लागि छिट्टै वर्कसिट उपलब्ध गराउने र अनलाइनबाट फाइल गर्नेहरुका सन्दर्भमा सफ्टवेयर अपडेटका लागि सफ्टवेयर कम्पनीसँग काम गर्ने आईआरएसले जनाएको छ ।

प्रणालीमा अपडेट गरिसकेपछि ट्याक्स फाइल गर्ने व्यक्तिले कसरी बेरोजगारी विमाको ट्याक्स नलाग्ने रकम रिपोर्ट गर्ने भन्ने सन्दर्भमा विकल्पकहरु प्राप्त गर्नेछन् । नयाँ चरणको राहत चेक, बिस्तारित चाइल्ड ट्याक्स क्रेडिट, अगाडि नै प्राप्त गर्न सकिने चाइल्ड ट्याक्स क्रेडिटको रकम र अन्य ट्याक्सका प्रावधानहरु अपडेट गर्ने आईआरएसले जनाएको छ ।

मार्च ५ सम्म आईआरएसले ५६ मिलियन व्यक्तिका ट्याक्स रिटर्नहरु प्राप्त गरेको छ भने ४९ मिलियन व्यक्तिका फाइल प्रकृयामा लगिसकेको छ । गतबर्ष झण्डै ४० मिलियन व्यक्तिले अमेरिकामा बेरोजगारी विमा रकम प्राप्त गरेका थिए । औषतमा एकजना १४ हजार डलर सहायता प्राप्त गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com