२७ कार्तिक २०८३, शुक्रबार| Friday, November 13, 2026
श्रोत केन्द्र

आईआरएसले पहिलो चरणमा पठाएको १४ सयको राहत चेक खातामा डिपोजिट

अमेरिकी सरकारको आईआरएसले मार्च १२ शुक्रबार नै करदाताहरुको खातामा १४ सय डलरको राहत चेक पठाएको बताएको थियो । आज उक्त चेक अधिकांशको खातामा प्राप्त भएको छ ।

आईआरएसको अनलाइन प्रणालीमा आफ्नो रकम ट्रयाक गर्दा  मार्च १७  डिपोजिट  मिति उल्लेख भएकाहरुको राहत चेक आज प्राप्त भएको हो । कतिपय बैंकले भने खातावालाहरुलाई उक्त रकममा अगाडि कै मितिमा पहुच दिएका थिए ।

 

७५ हजार भन्दा कम बार्षिक आम्दानी भएकाले १४ सय डलर, १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले २८ सय र हरेक डिपेन्डेन्टका लागि १४ सय डलरका दरले रकम प्राप्त गरेका छन् ।

राहत चेक २०१९ वा २०२० को आम्दानीको आधारमा वितरण गरिएको छ । सन् २०२० को ट्याक्स फाइल गरिसकेकाहरुका सन्दर्भमा २०२० कै आम्दानीका आधारमा र नगरेकाहरुको सन्दर्भमा २०१९ को आम्दानीका आधारमा चेक प्रदान गरिएको छ । उदाहरणका लागि दुईवटा बच्चा भएका दम्पत्तिले ५६ सय डलरको चेक पाउँछन् ।

आईआरएससँग बैंक एकाउन्ट नभएकाहरुले भने राहत चेकको रकम पाउन केहीसमय प्रतिक्षा गर्नुपर्नेछ । उनीहरुले डेबीट कार्ड वा कागजको चेकमार्फत रकम पाउनेछन् ।

यसरी गर्नुहोस् ट्रयाक

तपाईको एकाउन्टमा कुन दिन राहत चेक पठाइदैछ ? कुन विधिबाट पठाइदैछ ? कुन एकाउन्टमा पठाइदैछ ? त्यो हेर्नमिल्ने टुल आईआरएसले व्यवस्था गरेको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

आफ्नो राहत चेक कुन बिधिबाट कहिले आउँछ थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

क्लीक गरिसकेपछि तपाईले फर्ममा सोसल सेक्युरिटी नम्बर, जन्ममिति, स्ट्रीटको ठेगाना र जीपकोड हाल्नुपर्छ । ठेगाना हाल्दा तपाईले स्ट्रीटको ठेगाना र अपार्टमेन्ट नम्बरमात्र हाल्नुपर्छ । सिटी र स्टेट उल्लेख गर्नुपर्दैन ।

तपाईको घरनम्बर र स्ट्रीट नम्बर हालेपछि अपार्टमेन्ट नम्बर उल्लेख गर्नुपर्छ । उदारहणका लागि तपाई ९७२० ५७ एभिन्युमा बस्नुहुन्छ भने त्यतीमात्र हालेर कमा पछि अपार्टमेन्ट नम्बर उल्लेख गर्नुपर्छ ।

पहिलो र दोश्रो चरणको चेकको स्टाटस हेर्न भने अनलाइनमा एकाउन्ट बनाउन जरुरी हुन्छ ।

रकम प्राप्त गर्नका लागि योग्य व्यक्तिले कुनै कदम चाल्नुनपर्ने जनाइएको छ ।

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →