गतबर्षको आवेदनपछि काममा फर्कनुभएको छैन भने नदिनुहोस् नयाँ बेरोजगारी विमा आवेदन


प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार

गतबर्ष तपाईले बेरोजगारी विमा आवेदन दिइसकेपछि काममा फर्कनुभएको छैन वा नयाँ काम सुरु गर्नुभएको छैन भने तपाईको नियमित बेरोजगारी विमा आवेदनको मिति समाप्त भएको भएतापनि नयाँ आवेदन दिनु नपर्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले स्पष्ट पारेको छ । आवेदन दिएयता काममा नफर्केकाहरुले केबल साप्ताहिक रुपमा प्रमाणिकरण गरेमात्र बेरोजगारी विमा बापतको रकम आगामी सेप्टेम्बरसम्म प्राप्त गर्नेछन् ।

तर यदि कसैले आवेदन दिन चाहन्छ भने पुन आवेदन दिनसक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरको भनाई छ । नयाँ आवेदन प्राप्त भइसकेपछि स्वत बेरोजगारी बिमा रकमका लागि योग्य हुने नभई नयाँ दावी पुनरावलोकन गरिने समेत जनाइएको छ । नयाँ दावीका लागि योग्य हुने ग्यारेन्टी नहुने भएकाले काममा नफर्केकाहरुलाई नयाँ आवेदन नदिन र नियमित साप्ताहिक प्रमाणिकरण गर्न सुझाव दिइएको छ ।

त्यस्तै बीचको कुनै समयमा वा पार्टटाइम काममा फर्केको व्यक्तिले पनि गतबर्ष आवेदन दिएयता आवेदकले पाउने साप्ताहिक बेरोजगारी बिमा रकमको १० गुणा बढी आम्दानी गरेको छैन भने नयाँ आवेदन दिनु नपर्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले स्पष्ट पारेको छ । उनीहरु बीचको कुनै समयमा वा पार्टटाइम काममा फर्केको भएतापनि नयाँ आवेदन नदिई केबल साप्ताहिक रुपमा प्रमाणिकरण गरेमात्र सेप्टेम्बरसम्म रकम पाउनेछन् ।

कस्ले आवेदन दिने कस्ले नदिने स्पष्ट बुझ्न यो चार्ट हेर्नुहोला ।

तर १० गुणा बढी आम्दानी नगरेको व्यक्तिले पनि आवेदन दिन चाहन्छ भने पुन आवेदन दिनसक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरको भनाई छ । नयाँ आवेदन प्राप्त भइसकेपछि स्वत बेरोजगारी बिमा रकमका लागि योग्य हुने नभई नयाँ दावी पुनरावलोकन गरिने समेत जनाइएको छ ।

विगतमा आवेदन दिएपछि बीचको अवधिमा काममा फर्केको वा पार्टटाइम काम गरेको व्यक्तिको आम्दानी साप्ताहिक सुविधा रकम भन्दा १० गुणा बढी रहेको छ भने त्यस्ता व्यक्तिले भने अनिवार्य आवेदन दिनुपर्छ ।

आवेदन दिनुपर्ने भएमा कस्ले कुन दिन दिने ? थाहा पाउनुहोस् ।

त्यस्तै न्युयोर्कमा महामारी बेरोजगारी सहायता पीयुए पाइरहेकाहरुले एकबर्ष नाघेपछि पनि अर्को आवेदन दिनु नपर्ने भएको छ । उनीहरुले एकबर्षको अवधि नाघेपछि पनि साप्ताहिक रुपमा प्रमाणिकरण गरेमात्रै प्राप्त गर्नुपर्ने रकम पहिलेकै तरिकाले पाउने छन् ।

उदाहरणका लागि कोही व्यक्तिले गतबर्ष २०२० को मार्च १४ बाट पीयुए प्राप्त गरिरहेको छ र उसको सुविधा लिने मिति आगामी मार्च २१ मा समाप्त हुने उल्लेख छ भने उसले रकम पाउनका लागि मार्च २१ पछि अर्को आवेदन दिनु नपर्ने भएको छ ।

यदि साप्ताहिक प्रमाणिकरण गर्ने बेलामा आवेदकलाई कोरोनासँग सम्बन्धित प्रश्नहरु सोधिएको छ भने उक्त व्यक्तिले पीयुए रकम पाइरहेको हुन्छ । तर यदि साप्ताहिक प्रमाणिकरण गर्दा सोधिने प्रश्नहरु कोरोना सम्बन्धित छैनन् भने उसले नियमित बेरोजगारी विमा रकम पाइरहेको बुझ्नुपर्छ । महामारीको बेलामा बेरोजगार भएका सबै स्वत पीयुए अन्तरगत नपर्ने डिपार्टमेन्ट अफ लेवरको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com