भिसा बुलेटिन: अमेरिकन नागरिकका छोराछोरीको भन्दा ग्रिनकार्डवाहकका छोराछोरीको भिसा छिटो


प्रकाशित मिति : चैत्र १, २०७७ आईतबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अप्रिल महिनाको भिसा बुलेटिन जारी गरेको छ । जसमा विभिन्न श्रेणीमा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्न पाउने मिति उल्लेख गरिएको छ ।

ग्रिनकार्ड फाइल गर्ने व्यक्ति अमेरिकामा नै रहेको खण्डमा प्राथमिकता मितिका आधारमा स्टाटस एड्जस्टका लागि आई ४८५ फाइल गर्न सक्छन् । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भिसा बुलेटिनका आधारमा आफ्नो ग्रिनकार्डका लागि लाग्ने अवधि थाहा पाउन सक्छन् ।

अमेरिकन नागरिकका २१ बर्षमाथिका अविवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि अहिले झण्डै ६ बर्ष ६ महिना रहेको छ । अर्थात् यो श्रेणीमा अक्टोबर ४, २०१४ भन्दा अगाडि आवेदन दिएकाहरुले अप्रिलमा ग्रिनकार्ड पाउन सक्नेछन् । तर अमेरिकाभित्रै रहेको खण्डमा सेप्टेम्बर १५, २०१५ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले अप्रिलमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै ग्रिनकार्डबाहकका दम्पत्ति र छोराछोरीहरुका लागि अप्रिलमा पनि भिसा करेन्ट रहेको छ । अमेरिकामा हुनेहरुले आई १३० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न अप्रिलमा पनि प्रतिक्षा गर्नुपर्दैन, एकसाथ फाइल गर्न सक्छन् । अमेरिकाबाहिर हुनेहरुको सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसाको प्रतिक्षा नगरी सरासर प्रकृया अगाडि बढाउँछ ।

ग्रिनकार्ड वाहकका २१ बर्षमाथिका अविवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि अहिले झण्डै ५ बर्ष ८ महिना रहेको छ । अर्थात् यो श्रेणीमा अगस्त ८, २०१५ भन्दा अगाडि आवेदन दिएकाहरुले अप्रिलमा ग्रिनकार्ड पाउन सक्नेछन् । तर अमेरिकाभित्रै रहेको खण्डमा जुन १५, २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले अप्रिलमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् । रोचक त के छ भने अमेरिकन नागरिकका २१ बर्षमाथिका अविवाहित छोराछोरीहरुका तुलनामा ग्रिनकार्ड वाहकका २१ बर्षमाथिका अविवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि कम रहेको छ ।

अमेरिकन नागरिकका विवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि अहिले झण्डै १२ बर्ष ८ महिना रहेको छ । अर्थात् यो श्रेणीमा अगस्त ८, २००८ भन्दा अगाडि आवेदन दिएकाहरुले अप्रिलमा ग्रिनकार्ड पाउन सक्नेछन् । तर अमेरिकाभित्रै रहेको खण्डमा जुन २२, २००९ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले अप्रिलमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि १४ बर्ष ६ महिना रहेको छ । अर्थात् यो श्रेणीमा नोभेम्बर १, २००६ भन्दा अगाडि आवेदन दिएकाहरुले अप्रिलमा ग्रिनकार्ड पाउन सक्नेछन् । तर अमेरिकाभित्रै रहेको खण्डमा अक्टोबर १, २००७ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले अप्रिलमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् ।

अप्रिलमा रोजगारीमा आधारित सबै श्रेणीका ग्रिनकार्डहरु करेन्ट रहेका छन् । अर्थात् अमेरिकाभित्र हुनेले यी श्रेणीका ग्रिनकार्डका लागि आई १४० का साथमा स्टाटस एड्जस्ट गर्ने आई ४८५ आवेदन समेत दिन सक्नेछन् । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने अवधि प्रतिक्षा गर्नुपर्नेछैन ।

रोजगारी वा परिवारमा आधारित ग्रिनकार्डका आवेदकले स्टाटस एड्जस्ट गर्ने आई ४८५ आवेदन दिइसकेपछि अमेरिकामा वर्क परमिट प्राप्त गरेर काम गर्न पाउँछन् भने एड्भान्स परोल लिएर अमेरिकाबाहिर यात्रा गर्न समेत सक्छन् ।

डाइभर्सिटी भिसाका सन्दर्भमा अप्रिलमा नेपालीका सन्दर्भमा ४५ सयसम्म केस नम्बर हुनेहरुको प्रकृया अगाडि बढाउने गरी कटअफ नम्बर तय गरिएको छ । यो नम्बर मे महिनामा ५१ सय रहेको छ ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com