ओलीले गरे माधव नेपाल पक्षलाई कारबाही, पूर्वमाओवादीका २३ जना केन्द्रीय कमिटीमा मनोनित


प्रकाशित मिति : फाल्गुन २८, २०७७ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ओली पक्षले माधव नेपाल पक्षलाई कारबाही गर्दै पार्टीका विभिन्न जिम्मेवारी हेरफेर गरेको छ।प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले नेपालसमूहलाई कारबाही गरेको हो।

बागमती प्रदेश इन्चार्जमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादीबाट आएका रामबहादुर थापालाई ल्याइएको छ। यस्तै प्रदेश १ इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई ल्याइएको छ। कर्णाली प्रदेशमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेललाई जिम्मेवारी तोकिएको छ।

यस्तै, वरिष्ठ नेता नेपाल विदेश विभाग प्रमुख रहेकोमा उनलाई हटाएर ओलीले विदेश मामिला सल्लाहकार रहेका राजन भट्टराई ल्याएका छन्।

यी हुन् केन्द्रीय सदस्यको जिम्मेवारी पाउने पूर्वमाओवादी
बैठकले माओवादीबाट आएका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मनोनित हुनेहरुमा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला शाह, टेकबहादुर बलम्पाकी, कमल लामा, मनोज थापा र विषमलाल अधिकारी छन्।

यस्तै, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर बिष्ट,गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का पनि केन्द्रीय कमिटीमा मनोनित भएका छन्।

सात प्रदेशका इन्चार्ज
बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनाराण मण्डल, बागमतीमा रामबहादुर थापा (बादल), प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कडेँल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको हो।

पार्टीका विभागहरु
बैठकले पार्टीका विभागहरुको जिम्मेवारी हेरफेर गरेको छ।

स्कुल विभागमा प्रधानमन्त्री केपी ओली आफैं बसेका छन् भने संगठन विभागमा विष्णु पौडेललाई नियुक्त गरेका छन्।

यस्तै, प्रचार विभाग तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ। आर्थिक तथा सम्पर्क विभागमा छविलाल विश्वकर्मा, विदेश विभागमा राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा विष्णु रिमाललाई नियुक्त गरिएको छ।

सातै प्रदेशमा अध्यक्ष र सचिव
बैठकले १ नम्बर प्रदेशको अध्यक्षमा देवराज घिमिरे र सचिवमा विनोद ढकाललाई जिम्मेवारी तोकेको छ।

यस्तै, २ नम्बर प्रदेशमा प्रभु शाह र सुमन प्याकुरेल, बागमतीमा आनन्द पोखरेल र खेम लोहनी, गण्डकीमा जगत विश्वकर्मा र गोविन्द नेपाली, लुम्बिनीमा लिला गिरी र खेममान खड्का, कर्णालीमा गुलाबजंग शाह र धर्मराज रेग्मी तथा सुदूरपश्चिम प्रदेशमा कर्णबहाुदर थापा र राजेन्द्र रावल क्रमशः अध्यक्ष र सचिव तोकिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com