नेपाल-खनाल भेला : आफूपक्षीय नेता–कार्यकर्तामाथि भएका व्यवहारको विरोध जनाउने


प्रकाशित मिति : फाल्गुन २७, २०७७ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बैठक बोलाउन चासो नदिइरहेका बेला सो पार्टीको माधवकुमार नेपाल पक्षले भने भेला र छलफललाई निरन्तरता दिइरहेको छ। बिहीबार पनि सो पक्षले आफूपक्षीय स्थायी कमिटी सदस्यहरुको भेला आयोजना गर्‍यो। भेलाले सर्वोच्च अदालतको फैसलासँगै देशका विभिन्न भागमा भइरहेका पार्टीविरोधी गतिविधिको निन्दा गरेको छ।

नेता नेपाल र झलनाथ खनालपक्षीय स्थायी कमिटी सदस्यहरुको भेलामा नेताहरुले पूर्ववत अवस्थामा फर्किएको नेतृत्वलाई विभिन्न समूहले दुर्व्यवहार गर्न थालेको भन्दै असन्तुष्टि जनाएको हो।

बैठकपछि नेता भीम रावलले भने, ‘सर्वोच्चको फैसलापछि पनि विभिन्न ठाउँमा नेताहरुमाथि दुर्व्यवहार भइरहेको छ। एमालेका नेतालाई हटाएर, एमाले नै नभएका मानिसलाई ल्याएर राखिँदैछ। यो सबै कुरामा हामीले छलफल गरेका छौं।’बुधबार कैलालीको धनगढीमा केपी ओली पक्ष र माधव नेपाल पक्षबीच झडप भएको थियो।

ओली पक्षले पार्टी कार्यालय कब्जा गर्ने, आफ्नो पक्षका नेता–कार्यकर्तालाई अपमानित गर्नेलगायत काम गरेको भन्दै नेपाल–खनाल पक्षले त्यसको लिखित रुपमा विरोध जनाउने जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एमाले ब्युँतिएपछि पार्टीको औपचारिक बैठक बस्नुपर्नेमा अझैसम्म बैठक नबोलाइएको र सोही कारण आफूहरु अनौपचारिक छलफलमा जुट्नुपरेको पनि बताए।

‘सर्वोच्चको अनपेक्षित फैसलापछि औपचारिक बैठक बस्नुपर्नेमा सामान्य राजनीतिक नैतिकता र सिद्धान्तअनुरुपका क्रियाकलाप पनि भएनन्। त्यसैले हामीले पार्टीको आन्तरिक एकता कमजोर पार्ने काम नहोस् त्यसका लागि कसरी अघि बढ्न सकिन्छ भनेर अनौपचारिक छलफल गरेका हौँ,’ नेता रावलले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com