माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने, जसपाले उधारो नमान्ने


प्रकाशित मिति : फाल्गुन २५, २०७७ मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी रणनीति तय गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्ताे निर्णय गरेको हो। बैठकले सरकार गठन र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेस र जसपासँग वार्ता गर्ने भएको हो।

बैठकले यही फागुन २९ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ। तर सबैतिर चासोको विषय बनेको केपी ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिने विषयमा भने बैठकले कुनै निर्णय गरेन।

उता जनता समाजवादी पार्टीले सबै पार्टीसँग वार्ता गर्न तयार रहे पनि कसैसँग उधाराे सम्झौता नगर्ने स्पष्ट पारेकाे छ। मंगलबार संसदीय दलकाे बैठकपछि नेता राजेन्द्र महतोले उधारो सम्झौता गरेर सरकारमा नजाने बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैसँग वार्ताका लागि पार्टी खुला रहे पनि अब आफ्ना माग र मुद्दालाई केन्द्रमा राखेर वार्ता गरिने उनले जानकारी दिए। उनले संविधान संशोधन, रेशम चौधरीलगायतलाई रिहाईलगायतका आफ्ना मुद्दा रहेको बताए।

‘विगतका अनुभवबाट पाठ सिक्दै आगामी दिनमा पार्टीले निर्णय गर्छ, तर अब कसैको बेइमानी चल्नेवाला छैन, उधारो खेती हुँदैन,’ उनले भने।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com