कामदार भिसाका लागि दर्ता मार्च ९ मंगलबारबाट, रकम माग्ने ठगबाट सचेत रहन सुझाव


प्रकाशित मिति : फाल्गुन २३, २०७७ आईतबार

अमेरिकाको कामदार भिसा एचवान बीका लागि मार्च ९ बाट अनलाइनमार्फत दर्ता गर्न सकिने भएको छ । युएससीआईएसको अनलाइन प्रणालीमा गएर आर्थिक २०२२ का लागि कामदार भिसाका लागि दर्ता गर्न सकिनेछ । मार्च २५ को मध्यान्ह १२ बजेसम्म दर्ता गराउन सकिने युएससीआईएसले जनाएको छ ।

त्यसपछि मार्च २५ देखि मार्च ३१ को बीचमा आवेदनहरु छनौटका लागि लोटरी गरिनेछ । पहिलो लोटरीबाट नियमिततर्फका ६५ हजार कोटालाई पुग्नेगरी छनौट गरिनेछ । त्यसपछि दोश्रो लोटरीबाट एड्भान्स डिग्री अन्तरगत पर्ने २० हजारको छनौट गरिनेछ ।

छानिएकाहरुले अप्रिल १ बाट भिसाका लागि आवेदन दिन सक्नेछन् । जुन ३० सम्म आवेदन दिन सकिने जनाइएको छ । बिलम्ब गरिएका आवेदनहरु युएससीआईएसले स्वीकार नगर्ने जनाइएको छ ।

रोजगारदाताका तर्फबाट आवेदन दिनुपर्ने

अमेरिकाको कामदार भिसा एचवान बी काम गर्न चाहने कामदार आफैले फाइल गर्न मिल्दैन । यसका लागि अमेरिकामा रहेको रोजगारदाता कम्पनीले अमेरिकामा कामदार भिसामा आउन चाहने व्यक्तिलाई जागिरको अफर गरेको हुनुपर्छ । अमेरिकामा रहेको कम्पनीले जागिरको अफर दिइसकेपछि कम्पनीका तर्फबाटमात्र यो भिसाका लागि अनलाइनमार्फत प्रारम्भिक रजिस्ट्रेशन गराउन सकिन्छ । समयमा गराइएका हरेक दर्ताका लागि दर्ता नम्बर उपलब्ध गराइने युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दर्ताका लागि युएससीआईएसको अनलाइन एकाउन्ट प्रयोग गर्नुपर्नेछ भने दर्ता शुल्क १० डलर तिर्नुपर्नेछ । आफ्ना सम्भावित कामदारका तर्फबाट आवेदन दिने अमेरिकी रोजगारदाता वा एजेण्टलाई रजिष्ट्यान्टको श्रेणीमा राखिएकाले उनीहरुले रजिष्ट्रयान्ट एकाउन्ट प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै रोजगारतादाता कम्पनीले कानूनी प्रतिनिधिहरु लगाएको खण्डमा त्यस्ता प्रतिनिधिहरुले आफ्नो एकाउन्टमा ग्राहक कम्पनीलाई थप्न पाउनेछन् । तर सम्भावित कामदारको विवरण भने मार्च ९ पछिमात्र भर्न र पेश गर्न सकिनेछ । त्यस्तै १० डलर शुल्क पनि मार्च ९ पछि नै तिर्न सकिनेछ ।

रोजगारदाता आवेदक वा प्रतिनिधिहरुले एउटा अनलाइन सेसनमा कामदार भिसामा ल्याउन चाहेका धेरैको विवरण एकैपटक पनि समावेश गर्न सक्नेछन् । अन्तिम शुल्क तिर्नुभन्दा अगाडि र सब्मिट गर्नुभन्दा अगाडि यस्तो विवरण सम्पादन गर्न सकिनेछ । तर शुल्क तिरेर सब्मिट गरेपछि भने सम्पादन गर्न सकिनेछैन ।

अमेरिकी सरकारले हरेक बर्ष ८५ हजारलाई कामदारभिसा एचवान बी प्रदान गर्दै आएको छ । त्यसका लागि सरकारले लोटरी प्रणाली गर्दै आएको छ । गत बर्षदेखि विद्युतीय रुपमा अनलाइनबाटै दर्ता गर्न सकिने प्रणालीको सुरुवात गरिएको थियो ।

अमेरिकन कम्पनीले अनलाइनमार्फत प्रारम्भिक दर्ता गरिसकेपछि त्यसमा छनौट भएमा विदेशमा रहेको कामदार अमेरिका आउनका लागि प्रकृया सुरु हुन्छ । उदाहरणका लागि यदि कुनै व्यक्ति नेपालमा छ र उसलाई अमेरिकन कम्पनीले रोजगारको अफर गरेको छ भने सुरुमा अमेरिकन रोजगारदाता कम्पनीले नै आवेदन अनलाइनमार्फत दर्ता गराउनुपर्छ । त्यसमा छनौट भएमा अमेरिकामा रहेको रोजगारदाता कम्पनीले नै प्रकृया अगाडि बढाउँछ । र, युएससीआईएसबाट आवेदन स्वीकृत भएमा नेपालमा रहेको व्यक्ति कामदार भिसा लिएर अमेरिका आउनसक्छ ।

अमेरिकामा रहेका र अमेरिकाबाहिर रहेका स्नातक वा स्नातकोत्तर डिग्री हासिल गरेकाहरुलाई रोजगारदाता कम्पनीले जागिरको अफर गर्न सक्छन् । तर अमेरिकन डिग्री हुनेहरुलाई यसमा विशेष प्राथमिकता दिइएको छ ।

कामदार भिसा एचवान बीका लागि योग्यता

एचवानबी भिसामार्फत आउने पदका लागि कामदारको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।

लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।

वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।

यो भिसाका लागि रोजगारदाता कम्पनीले नै रकम तिरेर सबै प्रकृया पूरा गर्ने भएकाले भिसा लगाइदिने भन्दै रकम माग्ने ठगहरुबाट सचेत रहन कानूनविदहरुले सुझाव दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com