प्रतिनिधिसभा बैठकमा अध्यादेश विवाद : प्रचण्ड–माधवबाट बहिस्कार, कांग्रेसको नाराबाजी


प्रकाशित मिति : फाल्गुन २३, २०७७ आईतबार

आठ महिनापछि बसेको प्रतिनिधिसभाको सातौं अधिवेशनको पहिलो बैठक नै अवरुद्ध भएको छ। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले बैठकमा प्रवेश पाएपछि नेपाली कांग्रेसको विरोधका कारण अवरुद्ध भएको हो।

विरोधका बीच कानुनमन्त्री लिलानाथ श्रेष्ठले अध्यादेश पेश गरेका थिए। त्यसलगत्तै नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीका सांसदहरुले रोष्ट्रमअघि उभिएर अध्यादेश फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए।

विरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर, अध्यादेशबारे दलहरूबीच सहमति जुट्न नसकेपछि २६ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको सूचना टाँसियो।

सभामुखले १० मिनेटका लागि स्थगन गर्नुअघि नेकपाको प्रचण्ड–माधव पक्ष बैठक बहिस्कार गरेर बाहिर निस्किएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठक सुरु भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका नेता भीम रावलले वैधता नै गुमाइसकेको सरकारले गरेका निर्णय संसदमा प्रवेश गराइएको भन्दै आपत्ति जनाएका थिए।

कानुनी, राजनीतिक र संवैधानिक दृष्टि तथा सर्वोच्चले गरेको फैसलाको दृष्टिले यो सरकार कुनै पनि दृष्टिले वैध होइन र वैध रहँदैन,’ उनले भने, ‘वैधता नै गुमाइसकेको सरकारले गरेको निर्णय संसदमा प्रवेश गर्न मिल्दैन।’

कांग्रेस सांसदहरु पुष्पा भुसाल र बालकृष्ण खाँडले पनि सरकारले मुलुकलाई नियन्त्रण गर्ने हिसाबले ल्याएको अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com