आजबाट नेपालमा दोस्रो चरणको खोप, ६५ वर्ष माथिकाले पाउने, प्रधानमन्त्रीले लगाएर सुरुवात गर्दै


प्रकाशित मिति : फाल्गुन २२, २०७७ शनिबार

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

आजदेखि नेपालमा सरकारले कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ । जसमा ६५ वर्षमाथिका जेष्ठ नागरिकहरु योग्य हुनेछन् । दोस्रो चरणको खोप अभियानको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओली आफैंले लगाएर गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा खोप लगाएर अभियानको सुरुवात गर्नेछन् ।

सरकारले गत माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरु गरेको थियो । सरकारले दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरेपनि प्रयाप्त खोप नभएका कारण ६५ बर्षमाथिकालाईमात्र दिइने भएको छ । हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दोस्रो चरणको खोप अभियान सन्चालनका लागि देशभर ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । नेपाल सरकारले बेलायतको आष्ट्राजेनेका कम्पनीले विकाश गरेको र भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

यो खोपको पहिलो डोज लिएको २८ दिनमा दोश्रो डोज लिनुपर्ने बताईएपनि विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार आठदेखि १२ हप्ताभित्र दोस्रो डोज लिनु पर्नेगरी मन्त्रालयले व्यवस्था मिलाएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलोपटक कोभिशिल्डको १० लाख डोज भारत सरकारले उपहार दिएपनि दोश्रो चरणका लागि भने नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनेको हो । कोभिशिल्ड खोप खरिदका लागि नेपाल सरकारले खोप उत्पादक कम्पनी सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी दिइसकेको छ ।

विश्व स्वास्थ्य संगठनबाट अनुदानस्वरुप उपलब्ध हुने कोभ्याक्स सुविधाअन्तर्गत अन्तरिम खोप वितरण योजनामा सिरम इन्स्टिच्युटमा उत्पादित २२ लाख ५६ हजार खोप नेपाललाई आउने बताइएपनि उक्त  खोप आउनमा ढिलाइ हुने भएपछि नेपाल सरकारले आफै २० लाख डोज भ्याक्सिन खरिद गर्ने निर्णय गरेको हो । नेपाल सरकारले एक डोजका लागि ४ डलरका दरले रकम पठाएको थियो । जस अनुशार १० लाख डोज आइसकेको छ । अर्को १० लाख डोज पनि नेपाललाई फागुन महिनामा प्राप्त हुने जनाइएको छ ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

त्यस्तै चीनले नेपाललाई ३ लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन अनुदान दिने बताएको छ । चाइनिज खोप भेरो सेललाई नेपाल सरकारले प्रयोगका लागि अनुमति दिएकाले उक्त खोप पनि छिटो आउने अपेक्षा गरिएको छ ।

भेरोसेल खोप चाइनिज कम्पनी सिनोफार्मले बनाएको हो । उक्त खोपलाई नेपालको औषधि व्यवस्था विभागले बुधबार अनुमति दिएको थियो ।  नेपालस्थित चिनियाँ दूतावासका अधिकारी लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको बताएका थिए ।

सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको चीनको दाबी छ । उक्त खोपको प्रभावकारिता ७९ दशमलव ३४ प्रतिशत रहेको दावी गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com