बेरोजगारी विमा रकमको सुरुको १० हजार २ सयको ट्याक्स तिर्न नपर्ने


प्रकाशित मिति : फाल्गुन २२, २०७७ शनिबार

शनिबार सिनेटबाट पारित राहत प्याकेजमा सन् २०२० मा बेरोजगारी विमा रकम लिएकाहरुलाई थप खुशीको खबर छ । कोरोना महामारीका कारण गतबर्ष धेरैले काम गुमाएका कारण बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकम लिएका थिए । अब राहत प्याकेज हाउसबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेपछि उनीहरुले सुरुको १० हजार २ सय डलरको ट्याक्स तिर्न नपर्ने भएको छ ।

कतिपयले बेरोजगारी विमा रकम लिंदा ट्याक्स वीथहोल्ड गरेर बाँकी रकममात्र लिएका थिए भने कतिपयले पूरै रकम लिएका थिए । सुरुको १० हजार २ सय डलरसम्मको सुविधाका लागि ट्याक्स वीथहोल्ड गरेकाहरुले उक्त रकम फिर्ता पाउने भएका छन् भने वीथहोल्ड नगरेकाहरुले उक्त रकममा लागि ट्याक्स तिर्नु नपर्ने भएको छ ।

तर त्यसका लागि आम्दानीको थ्रेसहोल्ड तोकिएको छ । बार्षिक १ लाख ५० हजारभन्दा कम आम्दानी हुनेहरुलेमात्र उक्त छुट प्राप्त गर्नेछन् । त्योभन्दा माथि आम्दानी हुनेहरुका सन्दर्भमा भने यो छुट दिइनेछैन । अप्रिल १५ भन्दा अगाडि नै बेरोजगारी विमा रकम लिएकाहरुले ट्याक्स फाइल गर्दा यो सुविधा पाउने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२० मा झण्डै ४० मिलियनले बेरोजगारी विमा सुविधा प्राप्त गरेका थिए । जसमध्ये झण्डै ४० प्रतिशतले ट्याक्स वीथहोल्ड गरेर बाँकी रकम लिएका थिए । विभिन्न राज्यहरुले १० प्रतिशतसम्म ट्याक्स वीथहोल्ड गर्नमिल्ने विकल्प दिएका थिए भने कतिपय राज्यहरु त्यस्तो विकल्प दिन असफल भएका थिए ।

मेरिल्याण्ड र डेलावरले सन् २०२० को बेरोजगारी विमा रकमका लागि राज्यको कर मिनाहा गर्ने कानून पारित गरेका छन् । अन्य केही राज्यहरुले पनि कर मिनाहाको सुविधा दिने अपेक्षा गरिएको छ ।

त्यस्तै राहत प्याकेजमा राष्ट्रपतिले हस्ताक्षर गरेपछि सेप्टेम्बर ६ सम्म नै बेरोजगारी विमाका अतिरिक्त संघीय सरकारका तर्फबाट साप्ताहिक ३ सय प्राप्त हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com