दलाई लामाले लगाए कोरोनाबिरुद्धको भ्याक्सिन


प्रकाशित मिति : फाल्गुन २२, २०७७ शनिबार

निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । उनी शनिबार विगत एकबर्षमा पहिलोपटक सार्वजनिक रुपमा देखिएका हुन् ।

लामाले भारतको धर्मशालामा जोनल अस्पतालमा भ्याक्सिन लगाएका हुन् । उनले घरमै भ्याक्सिन लगाउने योजना बनाएपनि पछि जोनल अस्पतालमा जानुपरेको थियो ।

८५ बर्षका धर्मगुरु लामाले आफ्नो दाहिने पाखुरामा भ्याक्सिन लगाएका छन् । उनले बेलायतको आष्ट्राजेनेकाले विकाश गरेको र भारतमा उत्पादन गरिएको कोभिशिल्ड भ्याक्सिन लगाएका हुन् ।

उनले आफूले भ्याक्सिन लगाएको बताउँदै अरुलाई पनि यो भ्याक्सिन लगाउन प्रोत्साहन गरेका छन् । यस अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबिरुद्धको भ्याक्सिन कोभ्याक्सिन लगाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com