ओली समूहले भन्यो–प्रचण्ड–माधव पक्षको पत्राचारको कुनै औचित्य छैन


प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरिएको भन्दै प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र लेखेपछि ओलीपक्षले त्यसको जवाफ दिएको छ। ओलीपक्षीय प्रमुख सचेतक विशाल भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रचण्ड–माधव पक्षको पत्राचारको कुनै कानुनी आधार नभएको जनाएका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘यस दलको विधान २०७५ बमोजिम विधिवत रुपमा चुनिनु भएका संसदीय दलका नेता पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली रहनु भएको छ। नेपालको संविधानको प्रचलित कानुनबमोजिमबाहेक कोही कसैले कुनै गैरकानुनी र गैरसंवैधानिक निर्णय गरिएको भनी गरिएको पत्राचारको कुनै कानुनी आधार, औचित्य र प्रभाव हुन सक्दैन।’

उनले नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री केपी ओली, उपनेतामा सुवास नेम्वाङ, मुख्य सचेतकमा विशाल भट्टराई, सचेतकमा शान्ता चौधरी रहेकाले संंघीय संसद, संसद सचिवालयलगायतमा कुनै द्विविधि र भ्रम उत्पन्न नहोस् भनेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com