प्रचण्ड–माधव पक्ष : प्रचण्ड संसदीय दलको नेता चयन


प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएका छन्। सिंहदरबारस्थित संसद सचिवालयमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो।

दलको बैठकमा १११ जना उपस्थित भएको र अन्य चार जनाले निर्णयमा हस्ताक्षर गर्ने सहमति जनाएको नेताहरुले सो पक्षका नेताहरुले जानकारी दिएका छन्।

नेकपाको प्रतिनिधिसभामा १७२ र राष्ट्रियसभामा ४९ सांसद छन्। सो समूहले आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको दाबी गरेको छ।

यसअघि पनि प्रतिनिधिसभा विघटनलगत्तै सो समूहको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ सम्म राजीनामा नदिए उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ।

प्रधानमन्त्रीको व्यंग
शुक्रबार बसेको प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठकप्रति प्रधानमन्त्री केपी ओलीले व्यंग गरेका छन्। विप्लव नेकपा र सरकारबीचको हस्ताक्षर कार्यक्रमपछि सम्बोधन गर्दै ओलीले प्रचण्ड–माधव पक्षको शुक्रबार बसेको संसदीय दलको बैठक कुन दलको हो भनेर थाहा नभएको बताए।

उनले भने–संसदीय दलको बैठक बस्दैछ भनेको सुनेको छु, संसदीय दलको नेता म यहाँ छु, कुन दलको बस्यो थाहा छैन।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com