आगामी सातादेखि अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी भिसा जारी गर्ने


प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार

अमेरिकी दूतावास काठमाडौं

आगामी सातादेखि अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी भिसाका लागि अन्तरवार्ताको मिति दिन सुरु गर्ने भएको छ । तर कोरोना महामारीका कारण नियमित भिसा सेवा सुचारु नभएका कारण सिमित संख्यामामात्र अन्तरवार्ताका अप्वाइन्टमेन्टहरु दिइने भएको छ ।

आगामी सातादेखि एफ, एम र जे भिसाका आवेदकहरुलाई अमेरिकी दूतावास काठमाडौंले भिसा अप्वाइन्ट दिने भएको हो । त्यस्तै अस्थायी कामदार भिसाका अप्वाइन्टमेन्ट पनि दिन सुरु गरिने जनाइएको छ । नियमित भिजिटर भिसाका लागि कहिलदेखि अप्वाइन्टमेन्ट सुरु गर्नेभन्नेबारे दूतावासले अहिलेसम्म केही बताएको छैन । तर विगतमा भिजिटर भिसा भएकाहरुको भिसा समाप्त भएको २ बर्ष ननाघेको खण्डमा भने नविकरण गरिरहेको छ ।

अहिलेसम्म काठमाडौंमा रहेको अमेरिकी दूतावासले विद्यार्थी भिसा जारी नगरेपछि नेपालीहरु दिल्ली र अन्य दूतावासबाट विद्यार्थी भिसा लिइरहेका छन् । जनवरीमा दिल्लीमा रहेको अमेरिकी दूतावासमार्फत अमेरिकाको विद्यार्थी भिसा लिने नेपालीहरुको संख्या उल्लेख्य रहेको थियो  । काठमाडौंमा रहेको अमेरिकी दूतावासले एकजनालाईमात्र विद्यार्थी भिसा जारी गरेपनि जनवरीमा विद्यार्थी भिसा पाउने नेपालीहरुको कुल संख्या भने १ सय ११ रहेको थियो । उनीहरुका ५ जना डिपेण्डेण्टहरुले समेत भिसा पाए  ।

आप्रवासी भिसा आवेदकलाई नोटिफिकेशन कुर्र्न सुझाव

डिभी २०२१ का विजेता लगायत अन्य आप्रवासी भिसा आवेदकलाई भने  अप्वाइन्टमेन्ट तय भएको नोटिफिकेशन कुर्न र धैर्य रहन अमेरिकी दूतावास काठमाडौंले सुझाव दिएको छ । पहिले नै अन्तरवार्ता भइसकेका तर कार्यकारी आदेशका कारण भिसा अस्वीकृत भएका आप्रवासी भिसा आवेदकहरुलाई अब चाल्नुपर्ने कदमबारे दूतावासले सुचित  गर्ने जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘हामीले २०२१ का डाइभर्सिटी भिसा आवेदकहरुसहित आप्रवासी भिसा आवेदकलाई धैर्य रहन र अप्वाइन्ट तय भएको सुचना प्राप्त नहुँदासम्म पर्खन प्रोत्साहित गर्दछौं । पहिले नै अन्तरवार्ता भएर राष्ट्रपतिको कार्यकारी आदेश १००१४ का कारण भिसा अस्वीकृत भएकाहरुले अब चाल्ने कदमका सन्दर्भमा दूतावासबाट निर्देशनहरुको प्रतिक्षा गर्नुपर्छ ।’ –  दूतावासकी प्रवक्ता अन्ना रिची एलेनले खसोखासलाई जानकारी दिइन् ।

ग्राहक र कर्मचारीहरुको सुरक्षा र स्वास्थ्यको संरक्षणका लागि लागु गरिएका मापदण्डहरुका कारण दूतावासको अप्वाइन्टमेन्ट निर्धारण क्षमता सिमित रहेकोबारे सबै भिसा आवेदकहरु समेत हुनुपर्ने प्रवक्ताको भनाई छ । सेवा सुचारुबारे अमेरिकी विदेशमन्त्रालयको निर्देशिका अनुशार आप्रवासी भिसाका अप्वाइन्टमेन्टहरु सकेजति तय गर्ने कामलाई निरन्तरता दिने दूतावासले जनाएको छ ।

दूतावासले यसबारेका वेवसाइटमा पनि सुचना राखेको छ । आवेदक र कर्मचारीहरु दुबैका लागि सुरक्षित हुने तरिकाले अमेरिका र नेपालबीचको यात्रा सहज बनाउन तथा पूरै भिसा सेवा संचालन गर्न दूतावासले काम गरिरहेको वेवासाइटमा प्रकाशित सुचनामा उल्लेख छ ।  तर दूतावासले कहिलेदेखि नियमित भिसा सेवा संचालन गर्ने भन्नेबारे केही बताएको छैन ।

गैरआप्रवासी भिसाहरुको सन्दर्भमा अन्तरवार्ता विना नै नविकरण गरिने भिजिटर भिसा, हवाई तथा जल यातायातका कर्मचारीको भिसा, मेडिकल वा अन्य आपतकालिन अवस्थामा यात्रा गर्नुपर्नेहरुका लागि गैरआप्रवासी भिसा जारी भइरहेको दूतावासले जनाएको छ ।

गैर आप्रवासी भिसाका आवेदकहरुका सन्दर्भमा भिसा शुल्क सन् २०२२ को सेप्टेम्बर ३० सम्म अद्यावधिक रहने र उक्त अवधिसम्मको भिसाका लागि सोही देशमा प्रयोग गर्न सकिने दूतावासले जनाएको छ ।

जनवरीमा कतिले पाए भिसा ?

जनवरी २०२१ मा ४३७ नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरे । जसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिकका नेपाली दम्पत्तिहरु ३७३ जनाले भिसा प्राप्त गरे ।

त्यस्तै अमेरिकी नागरिकका छोराछोरीहरु र बुबाआमाहरु २८ जना नेपालीहरुले जनवरीमा अमेरिकाको आप्रवासी भिसा पाए  । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र जनवरीमा ४३६ जनालाई अमेरिकाको आप्रवासी भिसा जारी गरेको अमेरिकी सरकारको विदेश मन्त्रालयले ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

त्यस्तै अमेरिकी दूतावास काठमाडौंले जनवरीमा ४३० जनालाई भिजिटर लगायतका गैरआप्रवासी भिसा जारी गरेको छ । जनवरीमा काठमाडौं दूतावासबाट भिजिटर भिसा पाउनेहरु ४१२ जना रहेका छन् । उनीहरु प्राय विगतको भिजिटर भिसा नविकरण गर्नेहरु हुन् । त्यो बाहेक एकजना विद्यार्थी भिसा र ३ जनाले मंगेतर भिसा प्राप्त गरे ।

जनवरीमा काठमाडौं लगायत अन्य दूतावास र कन्सुलेटबाट अमेरिकाको गैरआप्रवासी भिसा पाउने नेपालीहरुको संख्या ५९६ रहेको छ । यसरी जनवरीमा कुल १०३३ नेपालीहरुले अमेरिकाको आप्रवासी र गैरआप्रवासी भिसा प्राप्त गरेका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com