कोरोनाले मलेसियामा काम गुमेपछिको समय सदुपयोग गर्दा ‘हल अफ फेम’ विजेता बनेका टीका


प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार

एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित हल अफ फेम–२ को विजेता ईलामका टीका मगर यतिबेला जिन्दगीकै महत्वपूर्ण समयमा छन् ।

फाईनल प्रतिस्पर्धाको केही दिन अघि मात्र उनको विवाह भयो । विवाह गर्नकै लागि मलेसियाबाट फर्किएका उनले एकैपटक जीवनमा दुईवटा खुशी प्राप्त गरे । आफ्नो गायन यात्राको महत्वपूर्ण खुड्किलो पार गर्दै हल अफ फेमको विजेता बने भने जीवनको नयाँ मोडमा प्रवेश गर्दै विवाह बन्धनमा बाँधिए ।

अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेमको लागि उनले मलेसियाबाट नै अडिसन क्लीप पठाएका थिए । तर, उनी नेपाल आइपुगेर स्टुडियोमा नै फाईनल प्रतिस्पर्धाका लागि आफुलाई निखार्न सफल भए । उनको साथमा ललितपुरका पूर्ण विक र काठमाडौँ विजय सुनार टप ३ मा पुगेका थिए ।

रोजगारीका लागि मलेसिया गएका इलामका टीका मगरका लागि कोरोना भाइरसको महामारी धेरै अर्थमा दुःखद् रह्यो । तर, सांगितिक यात्रामा भने कोरोना महामारी र लकडाउन उनका लागि बरदान सावित भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मलेसियामा उनले गर्दै गरेको रोजगारी गुम्यो । कडा लकडाउनको अवस्थामा कोठामा बसेर फेसबुक चलाउने भन्दा अरू उपाय रहेन । संगीतप्रति रूची राख्ने टीकालाई फेसबुकमा देखा फरेको अनलाइन गायन प्रतियोगिताको पोष्टले आकर्षित गर्यो ।

अनलाइन भएपछि कतै जानु नपर्ने, लकडाउनमा उराठ भुल्न पनि सहज हुने बाटो देखेर उनले स्वर सम्राट नारायण गोपालको ’तिमिलाई म के भनूँ’ गीत रेकर्ड गरेर पठाए ।

केही दिनमा नै उनलाई सुखद् समाचार आयो, ’बधाई छ, तपाईको अडियो क्लिप अन्तिम ५० मा पर्न सफल भयो ।’

काम गुमाएपछि जुलाइ महिनामा उनी नेपाल फर्किए । परिवारसँग भेट हुनु र हफ अफ फेममा सांगीतिक यात्रा सुरू हुनु उनका लागि दुबै खुसीका कारक बने । उनको गायकीको कदर भयो, उनी अन्तिम २७ मा स्थान बनाउन सफल भए ।

अन्तिम २७ बाट पनि उनको गायन अन्तिम ९ अर्थात् टप ९ जनासम्म लाने खालको साबित भयो । अन्तिम ९ मा पनि राम्रो प्रस्तुति दिएसँगै उनी फाइनलको यात्रा बनाउन सफल भएका छन् । राजेश पायल राईको ’निष्ठुरीलाई माया गरी’ बोलको गीतले अन्ततः टीकालाई हल अफ फेमको फाइनसम्म पुर्यायो ।

टीका मगर यो सफलतालाई ठूलो उपलब्धी मान्छन् । यस प्रतियोगिताको उपाधीले उनको गायन यात्रामा विशेष महत्व राख्छ । किनकि, उनले विजेता भएसँगै एक लाख नगद, गीत रेकर्ड र म्युजिक भिडियोको निर्माणसहित ५ लाख बराबरको प्याकेज प्राप्त गरेका छन् । साथै उनी अष्ट्रेलियामा आयोजना हुने कन्सर्टमा समेत सहभागी हुन पाउनेछन् ।

उपाधीबारे उनी भन्छन्, ’मेरो प्रतिभाको कदर गर्दै यहाँसम्म आइपुग्ने अवसर दिनु भएको छ । आयोजक सबैजना धन्यवादको पात्र हुनुहुन्छ । अझ बढी म निर्णायकहरुलाई सम्झन चाहन्छु ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com