भ्रष्टाचार विरुद्धको कविता प्रतियोगितामा मनोज विश्वकर्मा प्रथम, एक हजार डलर पुरस्कार


प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार

हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहट निवासी कवि मनोज विश्वकर्मा प्रथम हुनु भएको छ ।

समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गर्नु भएको सो पुरस्कारमा एक हजार अमेरिकी डलर राशीसहित सम्मानपत्र रहेको छ ।

प्रतियोगिताका लागि प्राप्त कविताहरुमध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविताहरु सार्वजनिक गरिएको र ती कविताहरुको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो प्रतियोगिताको लागि डा. रामप्रसाद ज्ञवाली, स्नेह सायमि र गीता त्रिपाठी रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा निर्णय घोषणा गरिएको हो ।

उत्कृष्ट २५ कविमा मनोज विश्वकर्मा,  जितेन्द्र बस्नेत,  संगीता पोखरेल,  पिटर कुवर,  प्रकाश आचार्य,  जीवन आरोही, सानु खनाल, दिलीप कुवर,  जनक रसिक,  दीप पाण्डे,  प्रज्वल अधिकारी,  निरज दहाल,  टीएन भट्ट “विश्वामित्र”,  रमा अधिकारी कादम्बरी,  सुरज पराजुली,  सुष्मा तिमल्सिना,  सन्तोष लामिछाने,  दिपेन्द्र अरुण, केशवराज ज्ञवाली, मोहित जोशी, सोमनाथ दहाल, नवराज अधिकारी, नारायण अधिकारी, सुवास शर्मा र  भीष्मप्रसाद भट्टराई रहेको छ ।

काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट पच्चीस कविताको पुस्तक प्रकाशन पनि गरिने छ ।

यसैगरी एक हजार अमेरिकी डलर राशीको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय गीत प्रतियोगिताको लागि अन्तिम मिति २०७७ फागुन १५ गतेसम्म तोकिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com