पत्रकार र अधिकारकर्मीलाई धम्क्याउने र निशाना बनाउनेलाई अब अमेरिकाले भिसा नदिने


प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले मारिएका पत्रकार जमाल खस्सोग्गीको सम्झनामा आज खस्सोगी प्रतिबन्ध नामको नयाँ नीति घोषणा गरेको छ । यो नीति अन्तरगत पत्रकार र अधिकारकर्मीहरुलाई धम्क्याउने र निशाना बनाउने काममा संलग्न व्यक्तिलाई अमेरिकाले अब भिसा नदिने भएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले यसबारे स्पष्ट पार्दै यस्तो प्रतिबन्ध पत्रकार र अधिकारीर्मीलाई उनीहरुले गरेको पेशा र कामको आधारमा दबाउने, धम्क्याउने, उत्पीडन गर्ने, निगरानी गर्ने, नोक्सान पुर्याउने लगायतका काममा गम्भिर प्रकारले संलग्न व्यक्तिमाथि यस्तो प्रतिबन्ध केन्द्रीत रहने बताएका छन् । त्यस्तै कुनै पनि मुलुकका सरकारको नीतिको विरोध गरेको आधारमा पत्रकारलाई धम्क्याउने र उत्पीडन गर्नेमाथि पनि भिसा प्रतिबन्ध लागु हुनेछ ।

अमेरिकी सरकारले यसअगाडि नै पत्रकारलाई धम्की दिने ७६ साउदी नागरिकहरुलाई प्रतिबन्ध लगाएको छ । उनीहरुले साउदी सरकारको नीतिमा असहमति जनाउने पत्रकारहरुलाई धम्की र दवाव दिने लगायतका कामहरु गरेका थिए । त्यसमध्ये पत्रकार खस्सोगीको हत्यामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नहरु समेत रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी विदेशमन्त्रीले भने – ‘कुनै पनि देशका सरकारका तर्फबाट सरकारी नीतिमाथि असहमति जनाएको आधारमा पत्रकारलाई निशाना बनाउनेहरुलाई अमेरिकी माटोमा टेक्ने अनुमति हुनुहुँदैन ।’

प्रतिबन्ध लगाइएका व्यक्तिको ना मभने अमेरिकाले सार्वजनिक नगर्ने भएको छ । भिसा रेकर्डहरु गोप्य रहने र प्रतिबन्धमा परेका तथा पर्ने व्यक्तिको नाम सार्वजनिक गर्न नसकिने अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले बताएका छन् ।

पत्रकारलाई धम्की दिनेहरुको पहिले नै जारी भएको अमेरिकी भिसा समेत खारेज गरिने जनाइएको छ । पत्रकार जमाल खस्सोगीको हत्याका लागि साउदी राजकुमार मोहम्मद बिन सालमनले अनुमति दिएको अमेरिकाको खुफिया रिपोर्ट सार्वजनिक भए लगत्तै अमेरिकाले नयाँ नीतिको घोषणा गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com