साना विजनेशलाई सघाउन पीपीपी ऋणको प्रावधान परिमार्जन, स्वरोजगारलाई कुल आम्दानीका आधारमा

प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार

अल्पसंख्यक र साना विजनेशलाई सघाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले पेचेक प्रोटेक्सन प्रोग्राम पीपीपी ऋणको प्रावधानमा परिमार्जन गरेका छन् । पूरानो नियमले सेल्फ इम्प्लोयडदेखि साना विजनेशहरुमारमा परेको र कतिपय विजनेशले जम्मा १ डलरसम्ममात्र ऋण प्राप्त गर्ने अवस्था आएकोमा बाइडेनले उक्त प्रावधानमा परिमार्जन गरेर सहज बनाएका हुन् ।

अब बुधबारदेखि सुरुहुने गरी दुईसातासम्म केबल २० जनाभन्दा कम कामदार रहेका विजनेशहरुलेमात्र पीपीपी ऋणका लागि आवेदन दिन सक्नेछन् । कोरोनाको महामारीका कारण समस्यामा परेका विजनेशहरुलाई कामदारलाई तलब प्रदान गर्ने लगायतका खर्चका लागि सरकारले पीपीपी ऋण उपलब्ध गराएकोमा साना विजनेशहरु ठूला विजनेशको भींडभाडमा हराउने अवस्था आएको थियो ।

सुरुमा सन् २०२० को अप्रिलमा सुरुवात गरिएको यो कार्यक्रम गत जनवरीमा पुन दोश्रोपटक सुरुवात गरिएको थियो । दोश्रो चरणको पीपीपी ऋणका लागि मापदण्डहरु अलिक कडा बनाइएको छ भने मार्चको अन्तिमसम्म आवेदन दिन सकिने प्रावधान रहेको छ ।

बाइडेनले सोमबार परिमार्जन गरेको नियम अनुशार स्वतन्त्र ठेकेदार वा स्वरोजगारहरुले ट्याक्स फर्मको स्केजुअल सीमा रहेको कुल आम्दानी लाइनको प्रयोग गरेर ऋण लिन सक्ने भएका छन् । उबर चालकहरुले समेत यसबाट फाइदा लिन सक्नेछन् । यसभन्दा अगाडिको प्रावधान अनुशार कुल आम्दानीमा ट्याक्स र खर्चहरु कटाएर बचेको रकमलाई आधार मानेरमात्र पीपीपी ऋण प्राप्त गर्न सकिने प्रावधान रहेको थियो ।

एसबीएले न्यून आय भएका समुदायका लागि सहयोग गर्न अलग्गै १ बिलियन डलर समेत छुट्याउने भएको छ । यो परिवर्तनपनि मार्चदेखि लागु हुने अपेक्षा गरिएको छ । त्यस्तै गैरनागरिकहरु पनि पीपीपी ऋण लिनका लागि योग्य हुनेछन् । अमेरिकाका कानूनी रुपमा बसेका र ट्याक्स तिरेकाहरु यो ऋणका लागि योग्य हुनेछन् ।

त्यस्तै कुनै कर्मचारी नभएका विजनेशहरुले समेत पीपीपी ऋण प्राप्त गर्न सक्ने भएका छन् । संघीय विद्यार्थी ऋण नतरिकाले लगायतलाई पीपीपी ऋण नदिने लगायतका प्रावधानहरु पनि खारेज गरिएको छ ।

बाइडेनले परिवर्तन गरेको नियम बिस्तारमा यहाँ पढ्नुहोला ।

स्वरोजगारले बेरोजगार सहायता रकमका साथमा पेचेक प्रोटेक्सन रकम लिन मिल्छ ?

कोरोनाको महामारीका कारण काम गुमाएका स्वरोजगारले पनि अहिले अमेरिकामा महामारी बेरोजगारी सहायता पीयुए रकम प्राप्त गरिरहेका छन् ।तर स्वरोजगारहरु पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत ऋण लिन समेत योग्य हुन्छन् । महामारी बेरोजगारी सहायता पीयुए प्राप्त गरिरहेका व्यक्तिले पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत ऋण लिन मिल्छ कि मिल्दैन ?

१०९९ फर्म प्रयोग गरेर रकम पाएका स्वरोजगारहरु पीपीपीका लागि समेत योग्य हुन्छन् । तर दुबै सुविधाहरु एकैपटक लिन नहुने विज्ञहरु बताउँछन् । यदि बेरोजगारी विमा रकम लिइराखेको अवधिमा पीपीपी रकम प्राप्त भएमा बेरोजगारी विमा रकम दावी गर्न छाड्नुपर्ने विज्ञहरुको सुझाव छ ।

पीपीपीले कभर गरेको अवधिमा बेरोजगारी सहायता रकम लिनका लागि व्यक्ति सावधान हुनुपर्छ । यदि पीपीपी रकम प्राप्त भएमा कुनै पनि स्वरोजगार व्यक्ति पीपीपीबाट प्राप्त रकममा भर परेको अवस्थामा बेरोजगारी सहायता रकम लिन नहुने सुझाव दिइएको छ ।

सामान्यतया पीपीपी रकम साढे २ महिनाका लागि हिसाब गरेर दिइने भएकाले रकम प्राप्त भएको अवधिको साढे २ महिनासम्म बेरोजगारी विमा रकम लिन नहुने विज्ञहरुको सुझाव छ । पीपीपी ऋण पेचेकका लागि प्रयोग गर्नुपर्ने भएकाले बढी सावधानी अपनाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

स्वरोजगारहरुले ईकोनोमिक इन्जुरी डिजास्टर लोन ईआईडीएलका लागि समेत आवेदन दिनसक्छन् । तर पीपीपी ऋण सहायता पाएको व्यक्तिले ईआईडीएल ऋण समेत पाएमा रकम एउटै प्रयोजनमा प्रयोग नगर्न सुझाव दिइएको छ । यदि ईआईडीएल ऋण आफ्नै पेरोलबाहेक अफिसको भाडा लगायतका अन्य खर्चमा प्रयोग गरेमा व्यक्ति बेरोजगारी सहायता रकमका लागि योग्य भइरहनसक्छ । तर यसबारेमा कानुन व्यवसायी वा एकाउन्टेन्टको सल्लाह लिन सुझाव दिइएको छ ।

कोही व्यक्तिले बेरोजगारी सहायता रकम लिइरहेको छ र यही बीचमा पीपीपी रकम प्राप्त भएमा प्राप्त भएको अवधिले रकम नसकिंदासम्म बेरोजगारी सहायता रकम लिनु हुँदैन । तर रकम सकिएपछि भने बेरोजगारी सहायता रकमका लागि पुन योग्य हुन सकिन्छ ।

बेरोजगारी विमा रकमका साथमा पीपीपी वा ईआईडीएल ऋण लिन हुने वा नहुने भन्ने सन्दर्भमा ट्रेजरी, एसबीए वा लेबर डिपार्टमेन्टले कुनै निर्देशिका जारी गरेको छैन । यद्यपी पीपीपीका बारेमा एसबीएले भनेको छ – ‘यदि पीपीपीमा सहभागि हुने व्यक्तिले सावधानी अपनाउन जरुरी छ कि उसले राज्यबाट पाउने बेरोजगारी सहायताको योग्यतामा फरक पर्न सक्छ ।’

पीपीपी लिने स्वरोजगारलाई तीन महत्वपूर्ण टिप्स

पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत वा इकोनोमिक इन्जुरी डिसास्टर लोन लिने सेल्फ इम्प्लोयडलाई अमेरिकाका चर्चित नेपाली सीपीए विराज रिजालले तीनवटा महत्वपूर्ण टिप्सहरु दिनुभएको छ ।

पहिलो, पीपीपी वा ईआईडीएल ऋण लिनेहरुलाई त्यस्तो ऋण प्राप्त गर्दा सेल्फ इम्प्लोयडहरुको डीबीए नभएको खण्डमा छुट्टै व्यक्तिगत खातामा प्राप्त गर्न रिजालले सुझाव दिनुभएको छ ।

पीपीपी ऋण लिनेहरुले छुट्टै व्यक्तिगत खातामा प्राप्त रकम चेकमार्फत क्षतिपूर्तिवापत आफ्नो नियमित खातामा साप्ताहिक रुपमा पठाउन सकिने र त्यसो गर्दा उक्त ऋण राहतमा रुपान्तरण गर्न सहज हुने उहाँले बताउनुभयो ।

त्यस्तै ईआईडीएल ऋण लिनेहरुले पनि आफ्नो साप्ताहिक आम्दानीका रुपमा छुट्टै खाताबाट नियमित खातामा पठाउन सकिने उहाँले सुझाव दिनुभएको छ । पीपीपी वा ईआईडीएल ऋणबाट प्राप्त रकम खर्च गर्दा आफ्ना व्यक्तिगत खर्चहरुमा नमिसाउन र खर्चको हिसाबकिताब स्पष्ट राख्न उहाँले सुझाव दिनुभएको छ ।

दोश्रो, पीपीपी वा ईआईडीएल ऋणको खर्च गर्दा उहाँले खर्चका मापदण्डहरु पूरा गर्न सुझाव दिनुभएको छ । पीपीपी वा ईआईडीएल ऋण कामको क्षतिपूर्तिवापत खर्च गर्न सकिने तर अचल सम्पत्ति जोड्ने लगायतका विषयमा खर्च गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो । तर कामको क्षतिपूर्तिवापत खर्च गर्दा गतबर्ष गरेको साप्ताहिक आम्दानी भन्दा बढी नलिन उहाँले सुझाव दिनुभयो ।

उदाहरणका लागि कुनै उबर चालकले पीपीपी वा ईआईडीएल ऋण प्राप्त गरेको छ भने उसले आफ्नो छुट्टै खाताबाट नियमित खातामा रकम प्राप्त गर्दा विगतको आम्दानी भन्दा बढी रकम स्थानान्तरण नगर्न उहाँले सुझाव दिनुभएको छ । कुनै सेल्फ इम्प्लोयड व्यक्तिले सन् २०१९ मा बार्षिक रुपमा २६ हजार कुल आम्दानी गरेको छ भने उसले अहिले काम गर्न नसकेको अवस्थामा पीपीपी वा ईआईडीएल ऋणबाट साप्ताहिक ५ सय डलर आफ्नो खातामा सार्न सक्छ ।

पीपीपी ऋण तोकिएको मापदण्डभन्दा बाहिर रहेर खर्च गरेमा मिनाहा नहुने र ब्याजसहित फिर्ता गर्नुपर्ने विराज रिजालले जानकारी दिनुभयो । त्यस्तै ईआईडीएल ऋण तोकिएको मापदण्डभन्दा बाहिर रहेर खर्च गरेर ऋण डिफल्ड हुने र तुरुन्तै सबै रकम फिर्ता गर्नुपर्ने अवस्था आउनसक्ने उहाँले जानकारी दिनुभयो ।

तेश्रो, पीपीपी ऋण मिनाहाका लागि आवेदकले तोकिएको समयभित्रै ऋण मिनाहाका लागि छुट्टै आवेदन दिनुपर्ने सीपीए रिजालले जानकारी दिनुभएको छ ।

ईआईडीएल ऋण अर्को विजनेशमा लगाउन, नयाँ विजनेश थप्न, अचल सम्पत्ति खरिद गर्न, विजनेश विस्तार गर्न खर्च गर्न मिल्दैन । तर मोर्गेज तिर्न, इन्सुरेन्स तिर्न र काम गुमाएको अवस्थामा त्यसको क्षतिपूर्तिवापत साप्ताहिक रुपमा रकम लिन प्रयोग गर्न सकिन्छ । प्राप्त ऋण पूरै खर्च हुने अवस्था नरहेमा उक्त ऋण फिर्ता गर्न उपयुक्त हुने रिजालको सुझाव छ ।

ऋण प्राप्त गरेको व्यक्तिले खर्चको योजना बनाउन लाइसेन्स प्राप्त सीपीए वा ट्याक्स प्लानरसँग सम्पर्क गर्न सक्नेछन् ।

 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com