अभियुक्तले अपराध स्वीकारेपछि बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको अन्त्येष्टि


प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज अन्त्येष्टि गरिएको छ । मृत भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले शव बुझेपछि महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

बलात्कारी र हत्यारा पत्ता नलागेसम्म आफन्तले शव नबुझ्ने अडान लिएकाले भागरथीको शव बैतडीको शवगृहमा राखिएको थियो । प्रहरीले बुधबार दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरिसकेको छ ।उनले बलात्कार र हत्या गरेको स्वीकारेको प्रहरीको दावी छ ।

भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख थियो । सुरुम दिनेशले आफूले भागरथीको हत्यामात्रै गरेको बताउँदै आएका तर पछि बलात्कार गरी हत्या गरेको स्वीकारेको प्रहरी दावी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभियुक्तले पछिल्लो पटक आफ्नै बुबाका अगाडि बलात्कारपछि हत्या गरेको बयान दिएका थिए । त्यसपछि मात्रै भागरथीका आफन्तले शव बुझ्न मानेका हुन् । पीडित परिवारले अझै पनि अनुसन्धान निष्पक्षरुपमा गर्न आग्रह गरेका छन् ।

बुधबार नै भागरथीका दाइ शङ्कर भट्टले दिनेशका विरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारर्वाहीका लागि जाहेरी दर्ता गरिसकेका छन् । भागरथी र दिनेश एकै गाउँ चडेपानीका हुन् । नाताले दुवै दिदीभाइ पर्छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा भागरथी कक्षा १२ र दिनेश कक्षा ११ मा पढ्थे ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जङ्गलमा वीभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोली खटिएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com