कोभिड संक्रमणपछि निमोनियाका कारण बेलायतमा यमकली थापाको निधन


प्रकाशित मिति : फाल्गुन ३, २०७७ सोमबार

बेलायतमा ७९ वर्षीया  यमकली थापाको कोभिड संक्रमणपछि निमोनियाका कारण उपचारकै क्रममा निधन भएको छ ।

कोभिड संक्रमण भएर दुई साताअघि अल्डरसटनजिक फ्रिमली पार्क अस्पताल भर्ना भएकी थापाको शनिबार राती साढे ११ बजे निधन भएको छोरी नेपाली समुदायकी अभियन्ता शान्ति थापा कुंवरले जानकारी दिइन् ।

‘कोभिड लागेर अस्पताल भर्ना हुनुभएको हो । अस्पतालमा केही दिन बसेपछि कोभिड निको भएर घर ल्याउने तयारी हुदै थियो । त्यही बेला फेरि श्वासप्रश्वासमा समस्या शुरु भयो । कोभिड निको भएपनि निमोनियाका कारण उहाँको निधन भयो भनेर अस्पतालले हामीलाई बताएको छ’, उनले भनिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायतको नर्थ क्याम्पमा कान्छी छोरी शिवानीसंग बस्दै आएकी यमकलीका पूर्व गोर्खा पतिको झण्डै १० वर्षअघि नै निधन भइसकेको छ । उनका तीन छोरी र एक छोरामध्ये दुई छोरी बेलायतमा छन् भने एक छोरी र छोरा नेपालमै छन् ।

जेठी छोरी शान्ति थापा कुंवर बेलायतको नेपाली समुदायमा सुपरिचित सामाजिक अभियन्ता हुन् । एनआरएनए आइसीसी सदस्य, एनआरएनए यूके उपाध्यक्ष लगायतका जिम्मेवारी उनले निर्वाह गरिसकेकी छन् ।

नेपालमा भैरहवा घर भएकी स्वर्गीय थापा विगत डेढ दशकदेखि बेलायतमै बस्दै आएकी थिइन् । उनलाई यसअघि गम्भीर खालका अन्य कुनै स्वास्थ्य समस्या नरहेको परिवारले बताएको छ ।

स्वर्गीय थापा गुल्मी जिल्ला समाज यूकेमा आजीवन सदस्य थिइन्। उनको निधनमा समाजका तर्फबाट अध्यक्ष टोप पल्लीले दुख व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com