ग्राहक नआएपछि किसान चिन्तित, बारीमै कुहियो अदुवा


प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार

तनहुँका किसानले उत्पादन गरेका अदुवा बारीमा नै थन्किन थालेका छन् । अदुवा किन्ने व्यापारी नआएपछि उनीहरु चिन्तित हुन थालेका हुन् ।

उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरीद गर्न नआउँदा बिक्री गर्न समस्या परेको जनाइएको छ ।

गत वर्षको तुलनामा यस वर्ष धेरै सस्तोमा बिक्री गर्नुपरेको किसानको दु:खेसो रहेको छ । गत वर्ष धार्नीको रु २०० मा बिक्री भएको थियो।  यस वर्ष  रु १०० देखि १२० सम्म मूल्य तोक्ने गरेको भीमाद नगरपालिका–४ का तुलबहादुर थापाले जानकारी दिए ।

पाँच रोपनीमा अदुवा लगाउँदै आएका उनले भने, “गतवर्ष रु दुई लाख मूल्य बराबरको अदुवा बिक्री गरेपनि अहिले भारत निकासीमा बन्द र स्थानीय बजारमा भाउ नहुँदा अहिलेसम्म ९० प्रतिशत कृषकको बारीमा नै रहेको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्लाका भीमाद र शुक्लागण्डकी, देवघाट, ऋषिङ र बन्दीपुर गाउँपालिकामा व्यावसायिक अदुवाखेतीको लागि पकेट क्षेत्रको रुपमा मानिन्छन्। भारतको मात्रै भरपर्दा कृषकलाई बिक्री गर्न समस्या परेको छ । उनले भने “सङ्कलन, प्रशोधन, भण्डारण र बिक्री सम्बन्धी अध्यायन गरी समाधान गर्न जरुरी देखिएको छ ।”

पहाडी क्षेत्रका कृषकका लागि अदुवा मुख्य नगदेबालीको रुपमा लिइन्छ। अदुवाको गत फागुन र चैत महिनामा लगाउने गरिन्छ भने नौ महिनामा तयार हुन्छ । अदुवा पुस र माघ महिनामा खन्ने गरिन्छ। गत वर्ष भारतमा माग धेरै भएकाले मूल्य राम्रो पाउँदा जिल्लामा करीब रु ५० करोड बराबरको अदुवा बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पहाडी क्षेत्रको मुख्य बालीको रुपमा रहेको अदुवाखेतीको बजारीकरणको सहज र उपयुक्त वातावरण बनाउन माग समेत गरिइएको छ।  यस खेतीको उत्पादनमा वृद्धिका लागि बजारको सुनिश्चिता, प्राविधिक प्ररामर्श, तालीम, गोष्ठी र उन्नत बिउबिजन उपलब्ध गराउन सके अदुवाबाट राम्रो आम्दानी गर्न सकिने अदुवा उत्पादक कृषक बताउँछन् ।

पाखो बारीमा हुने घैया धान, मकै, कोदोखेती भन्दा अदुवाबाट आम्दानी धेरै लिन सकिने भएकोले कृषकको आर्कषण बढे पनि भारतमा माग नभएको समयमा समस्या पर्ने गरेकोले प्रशोधन उद्योग खोलेर औषधि, सुठो, जुस बिक्री गर्नु पर्ने अदुवाका व्यापारी मोहन थापा मगरले जानकारी दिए ।

विशेषगरी वर्षेनि ठूलो मात्रामा भारत निर्यात हुने अदुवा यस वर्ष निकासी नहुँदा समस्या देखिएको उनले  जानकारी दिए। यस्ता समस्या आगामी वर्ष पनि पर्न सक्ने भएकोले स्वदेशमै कसरी खपत गर्ने भन्ने बारेमा सरकारले ध्यान दिनुपर्ने उनले  बताए ।

न्यून सङ्ख्या कषकले आफ्नो घर व्यवहार मिलाउन अदुवा खनेर स्थानीय बजारमा सस्तो दरमा बिक्री गर्ने गरेको सो केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। भारतमा कम उत्पादन भएको बेला नेपाली अदुवाको माग धेरै हुनुका साथै उचित मूल्य पाउने र भारतमा उत्पादन बढेको बेला यहाँको अदुवाको मूल्य ह्वात्तै घट्ने गरेको उनले बताए ।

जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ५१० हेक्टर जमीनमा अदुवाखेती भएकोमा सात हजार ३८० मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा ५३० हेक्टर जमीनमा खेती गरेकोमा सात हजार ७४९ मेट्रिक टन उत्पादन केन्द्रले जनाएको छ ।

अदुवाखेतीबाट राम्रो आम्दानी गर्न थालेपछि किसान यस खेतीतर्फ आर्कर्षित बन्दै गएका थिए ।   कुनै कुनै वर्ष मूल्य कम पाउँदा निराश पनि हुने गरेका छन् ।

आलुमा आत्मनिर्भर बन्न खोज्दै ढोरफिर्दी 

साविकको ढोरफिर्दी गाविस हालको शुक्लागण्डकी नगरपालिका–८ आलु खेतीमा आत्मनिर्भर बन्ने गरी यस वर्षदेखि आलुखेती थालिएको छ। वडाले ६६७ कृषकलाई अनुदानस्वरुप करीब ३२ हजार किलोग्राम आलुको बीउ वितरण गरेको थियो ।

पहिलो वर्षमै पाँच लाख किलो आलु उत्पादन भएको वडाले जनाएको छ। पहिलो वर्षमै आलु उत्पादनमा राम्रो भएपछि यहाँका कृषक उत्साहित भएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

आफ्नो वडाभित्रका कृषकलाई आलु खेतीमा प्रोत्साहन गरेर आत्मनिर्भर बन्ने अभियानमा यस वडा अघि बढेको छ। उनले भने, “कृषकलाई आलुको बीउ र औषधिमा अनुदानको व्यवस्था गर्दै आएका छौ ।”

“आलुखेतीको लागि पकेट क्षेत्रको रुपमा यस वडालाई लिने गरिएको छ । आलुखेती गर्ने कृषकलाई अवलोकन भ्रमण, तालीमलगायतका कार्यहरुमा विशेष चासो राखेर कार्य गर्दै आईरहेको छौ” उनले भने। आलु खेतीबाट राम्रै आम्दानी हुने देखेपछि त्यस क्षेत्रका कृषक आलुखेती तर्फ आर्कर्षित भएका छन्। एक्काइस जनाको समूह मिलेर दुई सय किलो आलु लगाउँदा करीब एक हजार ८०० किलो आलु उत्पादन भएको नवीन टोल समूहकी अध्यक्ष धनमाया आलेले जानकारी दिए ।

“उत्पादित आलु समूहमा वितरण गर्दा प्रतिव्यक्ति ८० देखी ८५ किलोसम्म भागमा पर्‍यो” उनले भने, “वडाले कृषकका लागि गर्नुपर्ने कार्यमा कुनैपनि कन्जुस्याई गरिएको छैन्।” सामूहिक रुपमा आलुखेती गर्दा रमाइलो अनुभूति भएको उनी बताउँछन्। समूहमा काम गर्दा सिक्ने अवसर धेरै मिल्दो रहेछ, उनले भने, “जानेकाले नजानेकालाई सिकाइने हुँदा प्रभावकारी हुदोरहेछ ।”

उनले आलु उत्पादन गर्ने वडाभरिका कृषकलाई स्याङ्जाको गल्याङमा गरिएको आलुखेतीको अवलोकन भ्रमण पश्चात् आफुहरु प्रभावित भएको उनले बताए। विगतका वर्षमा रातो र निलो आलु लगाउँदा निलो आलु राम्रो उत्पादन भए पनि यस वर्ष भने रातो आलु बढी मात्रामा उत्पादन भएको अर्का कृषक सपना राना मगरले बताए ।

सामूहिक खेतीमा संग्लग्न भएकी उनी यसअघि खेती गर्दा आलु खनेर ल्याउदा राम्रो नै रहेपनि पछि कुहिने समस्याले जोगाउन कठिन भएको बताउँछन्। यसवर्ष आलुमो कुनै किसिमको समस्या नदेखिएको लामो समयसम्म जोगाउन सकिन्छ कि भन्ने विश्वास लागेको उनले बताए ।

आलु लगाएदेखि पानी नपरेका कारण अपेक्षाअनुरुप उत्पादन हुन नसकेको आलुखेती गरेका कृषकको गुनासो रहेको छ। सिँचाइ भएको भए आलु उत्पादन अझ वृद्धि हुनेमा कृषक विश्वस्त थिए। यस वर्ष आफ्नो खेतमा करीब १५० किलो आलु लगाउदा करीब ९०० किलो आलु उत्पादन भएको कृषक रामबहादुर बानियाँले बताए।

वडामा खेतीयोग्य जमीन प्रशस्त रहेकाले वडाले सिँचाइको व्यवस्था गरी दिएखेतीको लागि अझ सहज वातावरण हुने कृषक बानियाँ बताउँछन्। आगामी वर्ष आलु उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित कृषक उत्साहित भएर लागेको वडाध्यक्ष रेग्मीले बताए। उक्त वडाको लालिमफाँट, फिर्दीफाँट र दहरेफाँट आलुखेतीको लागि प्रख्यात मानिन्छन् ।

चिस्यान केन्द्र बन्दै 

सङ्घीय सरकार र शुक्लागडकी नगरपालिका सहयोगमा सङ्गमटोलमा चिस्यान केन्द्र निर्माण हुने भएको छ। सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको रु दुई करोड गरी कूल रु तीन करोडको लागतमा केन्द्र निर्माण गर्न  लागेको हो ।

बोलपत्र पश्चात यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अघि बढाइएको वडाध्यक्ष रेग्मीले बताए। करीब साढे दुई रोपनी क्षेत्रमा निर्माण गरिने चिस्यान केन्द्रको दुई हजार ५०० मेट्रिक टन क्षमताको हुनेछ। शुरुमा वडालाई आलुमा आत्मनिर्भर बनाएपछि आउँदा दिनमा नगरपालिकालाई समेत आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ ।

वडामा चिस्यान केन्द्र निर्माण गरेपछि आलु मात्रै नभइ वडामा उत्पादन गरिएका फलफूल, तरकारीलगायतका बस्तुलाई भण्डारणमा सहज हुने विश्वास गरिएको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले बताए ।

कृषकले उत्पादन गरेर बढी भएको कृषिजन्य बस्तु चिस्यान केन्द्रमा लैजान र ढुवानीको लागि वडाले जिम्मा लिन्छ तर चिस्यान केन्द्रमा राख्दा हुने खर्च भने स्वयम कृषकले ब्योर्हनुपर्ने व्यवस्था मिलाइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com