अमेरिका निवासी प्रविण राजथलाको शब्द, संगीत र स्वरमा ‘कान्छीको सम्झनामा’


प्रकाशित मिति : फाल्गुन १, २०७७ शनिबार

हाल अमेरिका निवासी गायक प्रविण राजथलाको शब्द, संगीत र स्वरमा भ्यालेन्टाइन्स डेको अवशरमा प्रेमगीत भिडियोसहित सार्वजनिक भएको छ । कान्छीको सम्झनामा बोलको उक्त गीतको एरेन्ज, मास्टरिङ र मिक्सिङ जोयस गुरुङले गरेका हुन् भने सारङ्गीमा चर्चित नेपाली कलाकार श्याम नेपालीले साथ दिएका छन् ।

बाला रेकर्ड बोस्टनमा रेकर्ड गरियो यो गीतको भिडियो भने अमेरिका र नेपालका विभिनन स्थानमा छायांकन गरिएको छ । बाल्यकाल देखि नै गायन र सङ्गीतमा रुचि राख्ने नेपालको भक्तपुरमा जन्मिएका प्रविणले विद्यालय र कलेजमा पनि आफ्नो प्रस्तुति राख्दै आएका थिए भने विगत १० वर्ष देखि निरन्तर संगीत क्षेत्रमा छन् । उनले युट्युबमा कैयन कभर गीतहरु गाउँदै आएका छन् ।

प्रविण राजथला

केही समय बेलायत हुँदै हाल अमेरिकामा रहेका उनको यो पहिलो प्रयास हो । यो गीत नेपाली कान्छीलाई सम्झने धेरै युवाहरूमा समर्पित रहेको उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गीतमा नेपाली युवा विदेशबाट नेपाल आएपछि एउटी युवतीसँग माया बसेको विषयलाई प्रस्तुत गरिएको छ । गीतमा आफ्नो गाउँकी कान्छीसँग बिताएका मिठा पलहरू थाँती राखेर सपनाहरू पुरा गर्न बिदेसिनु पर्ने सन्दर्भलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा एलिस राई र गीता ढुंगानाले अभिनय गरेका छन् । भूपेन्द्र तुम्बाहाम्फेले खिचेको उक्त भिडियोको निर्देशन सत्यराज चौलागाई र सहनिर्देशन साजन कट्टेलले गरेका हुन् । भिडियोको प्रोड्युसर एलिजा महर्जन हुन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com