टेक्सासमा आप्रवासीलाई अप्ठ्यारो पार्ने नयाँ कानुन सेप्टेम्बर १ देखि


प्रकाशित मिति : जेष्ठ ६, २०७४ शनिबार

टेक्सासमा अब अन्य राज्यको तुलनामा कागजपत्रविहिन आप्रवासीहरुलाई अप्ठ्यारो हुने भएको छ भने कागजपत्र भएकाहरुसमेत अपमानित हुने सम्भावना रहेको छ । किनभने आगामी सेप्टेम्बर १ देखि लागु हुने गरी टेक्सासमा नयाँ कानुन लागु हुने भएको छ ।

एसबी फोर नामको नयाँ कानुन कार्यान्वन हुन थालेपछि टेक्सासमा प्रहरीले कागजपत्र नभएको आशंका लागेमा कुनै पनि व्यक्तिलाई कुनै पनि स्थानमा रोकेर सोधपुछ र अपमानित गर्न सक्नेछ । यसबाट कागजपत्रविहिनमात्र होइन, कागजपत्र हुनेहरु समेत अपमानित हुनसक्ने सम्भावना बढेको छ ।

कागजपत्रविहिन रहेको आंशका लागेमा रोकेर कागजपत्र माग्न सक्ने अधिकार प्रहरीलाई दिने यो कानुनको कार्यान्वयनले व्यक्तिको संवैधानिक अधिकारको हनन हुनसक्ने भन्दै अधिकारवादीहरुले चासो व्यक्त गरेका छन् । कुनै पनि व्यक्ति उसको बोलीचाली, लवाइखवाई र रंगका कारण विदेशी जस्तो देखिएको आधारमा पनि प्रहरीले रोकेर सोधपुछ गर्न सक्नेछ । जसका कारण कागजपत्र भएकै आप्रवासीहरुले पनि लावाई खवाई, बोलीचाली वा रंगको आधारमा विभेदको अनुभव गर्नसक्ने सम्भावना छ ।

अमेरिकी नागरिकता लिइसकेका वा ग्रिनकार्ड प्राप्त गरिसकेकाहरु समेत अँग्रेजीबाहेक अरु भाषा बोलेमा वा विदेशीको जस्तो पहिरन गरेको खण्डमा समेत प्रहरीले कागजपत्रविहिन भएको आशंकामा अवरोध सृजना गर्न सक्ने भएकाले यो कानुनको विरोध गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com