एमपीपी अन्तरगत सिमाक्षेत्रबाट फर्काइएका २५ हजारलाई शुक्रबारदेखि प्रकृयामा लगिने


प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार

अदालती प्रकृयासम्मका लागि मेक्सिकोमा नै फिर्ता पठाइएका आप्रवासीहरुलाई सम्बोधन गर्न बाइडेन प्रशासनले प्रकृया सुरु गरेको जनाएको छ । ट्रम्पले ल्याएको माइग्रेन्ट प्रोटेक्सन प्रोटोकल एमपीपी अन्तरगत सिमाक्षेत्रमा आएर एसाइलम गर्नेलाई अदालती प्रकृयासम्म प्रतिक्षा गर्नका लागि मेक्सिकोमा नै पठाइएको थियो ।

अब उनीहरुलाई प्रकृयामा लैजानका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले फेबु्रअरी १९ बाट पहिलो चरणको कार्यक्रम सुरु गर्ने भएको छ । जस अन्तरगत सुरक्षित र प्रकृयागत ढंगले उनीहरुको आवेदन अगाडि बढाइने भएको छ । एमपीपी कार्यक्रम अन्तरगत दर्ता भएर मेक्सिको पठाइएकाहरु झण्डै २५ हजार रहेका छन् ।

अहिलेका लागि उनीहरुलाई कुनै कदम नचाल्न र उनीहरु जहाँ छन् त्यही सुरक्षित तरिकाले बस्न सुझाव दिइएको छ । प्रकृयामा लैजानका लागि सुरुमा अनलाइनमार्फत भर्न सकिने भर्चुअल फर्मको व्यवस्था गरिने भएको छ । उक्त फर्ममार्फत कुनै पनि स्थानबाट आफूलाई दर्ता गराउन सकिनेछ । दर्ता गराइसकेपछि योग्य व्यक्तिलाई कहाँ र कसरी उपस्थीत हुने भन्ने सन्दर्भमा थप सुचनाहरु उपलब्ध गराइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कहाँ र कसरी उपस्थीत हुने भन्ने औपचारिक जानकारी नदिंदासम्म सिमाक्षेत्रतिर अगाडि नबढ्न सुझाव दिइएको छ । राष्ट्रपतिले प्रतिज्ञा जनाएअनुशार सरकार सुरक्षित, व्यवस्थीत र मानवीय अध्यागमन प्रणालीको विकाश गर्न कटिबद्ध रहेको र पछिल्लो कदम अध्यागमन प्रणालीमा सुधार अन्तरगतको रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले जनाएका छन् ।

योग्य व्यक्तिलाई उनीहरुको मुद्दा अमेरिकामा नै सुरक्षित तरिकाले अगाडि बढाउन दिनका लागि अमेरिकी सरकारले अन्तर्राष्ट्रिय सरकारहरु र गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्ने उनले बताएका छन् । यो नयाँ प्रकृया सिमाक्षेत्रमा आएर एसाइलम दावी गरेका र उनीहरुको मुद्दा अदालतमा रहेको अवस्थामा अदालती सुनुवाईसम्म प्रतिक्षाका लागि मेक्सिको फिर्ता पठाइएकाहरुको सन्दर्भमा मात्र लागु हुनेछ ।

एमपीपी कार्यक्रम अन्तरगत मेक्सिको फिर्ता नपठाइएका, अमेरिकी अध्यागमन अदालतमा मुद्दा नरहेका र अमेरिकाबाहिर रहेकाहरुका सन्दर्भमा यो प्रकृया लागु हुनेछैन । उनीहरुले भने थप जानकारीका लागि प्रतिक्षा गर्नुपर्ने जनाइएको छ । एमपीपी अन्तरगत नयाँ व्यक्तिलाई दर्ता गर्ने काम अमेरिकी सरकारले रोकिसकेको छ । एमपीपी अन्तरगत दर्ता भएका र अमेरिकामा आइसकेकाहरुका सन्दर्भमा पनि आगामी दिनमा फरक निर्देशिका जारी गरिने भएको छ ।

यो घोषणालाई अमेरिकाको सिमाक्षेत्रबाट अनियमित रुपमा व्यक्ति प्रवेशका लागि खुला गरिएको भन्ने गलत ढंगले अर्थ नलगाउन समेत सुझाव दिइएको छ । योग्य व्यक्तिलाई तोकिएको मिति र स्थानबाटमात्र प्रवेशको अनुमति दिइने जनाइएको छ । एमपीपी अन्तरगत दर्ता भएकाहरुले कसरी अनलाइनमार्फत यो प्रकृया अगाडि बढाउने भन्ने सन्दर्भमा अमेरिकी सरकारले थप जानकारीहरु सार्वजनिक गर्ने भएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com