मेक्सिकोद्वारा कोभिड-१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत


प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार

मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ ।

मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन् ।

मेक्सिकोमा कोरोनाभाइरस संक्रमणसँग जुधिरहेको सरकारका लागि खोपहरु स्वीकृत गर्नुको विकल्प नरहेको स्वास्थ्य उपमन्त्री ह्युगो लोपेज–ग्याटेलले बताए ।

महामारी नियन्त्रण संयोजन समितिका प्रवक्ता समेत रहेका उपमन्त्री ग्याटेलले पत्रकार सम्मेलन गरी दुई चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यानसिनो र सिनोभ्याकको कोरोनाभ्याकका अलाबा मेक्सिकोले अरु तीनवटा खोपलाई पनि मान्यता प्रदान गरिसकेको छ । मेक्सिकोको नियामक निकायले हालसम्म फाइजर, अस्ट्राजेनिका र रसियाका स्पुतनिक भीलाई मान्यता दिइसकेको छ ।

गत डिसेम्बरको अन्त्यतिर मेक्सिकोले खोपलाई मान्यता दिएको थियो । दक्षिण अमेरिकामा चिली र कोस्टारिकाले पनि खोप अनुमति दिइसकेका छन् । तर मेक्सिकोमा हालसम्म फाइजरको खोप मात्र प्रयोगमा आएको छ । हालसम्म उक्त खोप अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र मुलुकको दक्षिणी क्षेत्रका शिक्षकहरुलाई दिइसकेको छ ।

मेक्सिकोमा अस्ट्राजेनिकाको खोप भने गत जनवरीमा आइपुगेको छ । यो खोप स्थानीय तहसम्म वितरण र दक्षिण अमेरिकी मुलुकहरुमा आगामी मार्चसम्ममा पुगिसक्ने अनुमान गरिएको छ ।

मेक्सिकोमा कोभिड–१९ को संक्रमणबाट एक लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने झण्डै २० लाख मानिस संक्रमित भएका थिए । कोरोना संक्रमणबाट मृत्यु हुनेको यो संख्या विश्वमै तेस्रो बढी हो । पहिलो स्थानमा संयुक्तराज्य अमेरिका (चार लाख ८३ हजार) रहेको छ भने दोस्रो स्थानमा ब्राजिल (दुई लाख ३४ हजार) रहेको छ । एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com