नेकपा प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । बिहीबार दिउँसो आफ्नै निवासबाट पक्राउ परेकी झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको हो । श्रीमान पशुपति पुरीको जिम्मा जमानीमा उनी रिहा भएकी हुन् । रिहा भएलगत्तै झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेको प्रतिक्रिया दिएकी छिन् । साथै उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइने बताएकी छन् ।
राष्ट्रपतिमाथि विवादास्पद अभिव्यक्ति दिएकी झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरेको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।