रामकुमारी झाँक्री पक्राउ


प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार

नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् । प्रहरीले झाँक्रीलाई बिहीबार उनकै निवासबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न पक्राउ गर्नुपरेको पुर्जी थमाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीमाथि झाँक्रीले केहीदिनअघि विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रहरीले आज बोलाएको थियो । तर, झाँक्रीले अहिले प्रहरीकोमा नजाने बताउँदै आफूलाई पक्राउ गर्न पूर्जी ल्याउन चुनौती दिएकी थिइन् ।

No photo description available.

झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेलगत्तै प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरु त्यसको विरोधमा नाराबाजी गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झाँक्रीले केहीदिन अघि गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि विवादास्पद टिप्पणी गरेकी थिइन् । ‘राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे !’ उनले भनेकी थिइन्, ‘त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com