४० वर्षमुनिका महिलालाई एक्लै विदेश जान रोक्ने अध्यागमन विभागको प्रस्तावको विरोध


प्रकाशित मिति : माघ २८, २०७७ बुधबार

अध्यागमन विभागले ४० वर्षमुनिका महिलालाई एक्लै विदेश जान रोक्ने कार्यविधि संशोधन प्रस्ताव ल्याएपछि त्यसको विरोध गरिएको छ । एक्लै विदेश भ्रमणमा जाने महिलाहरूका लागि विभेदकारी प्रावधान राखेर कार्यविधि संशोधन अगाडि बढाइएकोमा त्यसले समानताको हकलाई कुण्ठित गरेको भन्दै विरोध भएको हो ।

कानून व्यवशायी शीतल पाण्डे भन्छिन् -‘चालिस बर्ष मुनिका महिलाले विदेश यात्रा तय गर्दा पुरुषको अनुमति माग्नु पर्ने नियमले संविधान प्रदत्त समानताको हकलाई कुण्ठीत गर्छ । यस्तो कुराले महिलाको सुरक्षाको प्रत्याभुत गर्ने नभई महिलाको अधिकार र अस्तित्व पुरुषका वरिपरी घुम्ने गरी सीमितता तर्फ डोर्याउँछ ।’

नेपालको अध्यागमन विभाग

सामाजिक सञ्जालमा यस्तो प्रस्तावको चर्को विरोध भएको छ ।

अध्यामगन विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधी उपचार नपाएर बिजोग भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको विभागको तर्क छ । गृहको कानुन शाखामा आवश्यक छलफल भई कार्यविधि चाँडै लागू गर्ने तयारी भइरहेको छ ।

कार्यविधि अनुसार ४० वर्षमुनिका महिला एक्लै भ्रमणमा जाँदा वडा कार्यालय र परिवारको सहमति लिएर मात्र जानु पर्ने छ। कतिपय महिलाहरू परिवारको सहमतिबेगर पनि हिँड्ने गरेकाले त्यसलाई कडाइ गर्न पारिवारिक सहमति खोजिएको जनाइएको छ । विदेश जाने महिलाका लागि पन्ध्र लाखसम्मको निर्जीवन दुर्घटना बिमा अनिवार्य बनाउनुपर्ने विषय पनि समेटिएको छ।

४० वर्षमुनिका महिला परिवारका सदस्य वा श्रीमानसँग भ्रमणमा जाँदा भने पालिकाको सिफारिस र बिमा अनिवार्य नगरिने कार्यविधि संसोधन प्रस्तावमा उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com