लुम्बिनी वाणिज्य क्याम्पसको प्रशासनमा नेविसंघले लगाएको ताला खुल्यो
प्रकाशित मिति : माघ २८, २०७७ बुधबार
नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पसले लगाएको क्याम्पसको प्रशासनको खुल्ला गरिएको छ । संघ र क्याम्पसबीचको सहमतिपछि २ दिनपछि ताला खुलाईएको संघका कमिटी सभापति सुरज क्षेत्रीले बताए ।
सहमतिमा माग पूरा नभएसम्म BMS को कुनै पनि गतिविधि अगाडि नबढाईने जनाईएको छ । यस्तै BBM-Applied र Entrance विद्यार्थीहरुको सहमतिपछि मात्र नबढाईने भएको छ । अन्य मागहरु माथी छलफल भईरहेको संघका उपसभापति अशोक गौतमले बताए ।
नेविसंघ लुम्बिनी वाणिज्य क्याम्पसका ईकाई सभापति सुरज क्षेत्रीले विज्ञप्ति जारी गर्दै क्याम्पसले autonomous को नाममा नाफा कमाउने क्याम्पसको रुपमा जान लागेको बताउदैं तत्कात autonomous को पुर्ण रुपमा खारेज गर्न माग गरेका थिए ।
यस्तै विज्ञप्तीमा अम्बिलम्बन BBS को entrance खुलाई BBS को भर्ना सुरु गर्न पनि माग गरिएको थियो । यस्तै BBA-FA र MBS-F मा २०% शुल्क घटाउनुपर्ने, लकडाउन अवधिभरको शुल्क मिनाहा गर्नुपर्ने, theory along with practial शैक्षिक प्रणालीलाई अघि सारी पुर्ण रुपमा लागू गर्नुपर्ने, विद्यार्थीहरुलाई शुल्क बुझाउँदा झन्झटिलो भएको भन्दै मोबाईल बैंकिङको संचालन गर्नुपर्ने र मिति २०७४/११/३० मा सहमती भएका ६ बुंदे माग अबिलम्ब पूरा गर्नुपर्ने संघले माग राखेको थियो ।
यस्तै २०७७/१०/२६ गते पेश गरिएका मागहरु २ दिन भित्रमा सुनुवाइ नभए क्याम्पस प्रशासनविरुद्ध कडा आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने सहसचिव किशोर खनालले जानकारी गराए ।






