अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई तेश्रो देश पठाउने सम्झौता स्थगित


प्रकाशित मिति : माघ २४, २०७७ शनिबार

अमेरिकाले आफ्नो सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई तेश्रो देश पठाउने एल साल्भाडोर, ग्वाटेमाला र होण्डुरससँगको सम्झौता स्थगित गरेको छ । साथै एल साल्भाडोर, ग्वाटेमाला र होण्डुरससँगको सम्झौताका पूर्णरुपमा नै खारेज गर्नका लागि प्रकृयाको समेत सुरुवात गरेको छ ।

ट्रम्प प्रशासनले अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुलाई ग्वाटेमाला, होण्डुरस, एल साल्भाडोरमा पठाउनका लागि सम्झौता गरेको थियो । जस अनुशार अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई सुरक्षीत तेश्रो देश सहमति अनुरुप ग्वाटेमाला पठाउने नीतिको कार्यान्वयन गतबर्षदेखि नै सुरु भइसकेको थियो । यद्यपी एल साल्भाडोर र होण्डुरससँगको सहमति भने कार्यान्वयनमा आइसकेको थिएन ।

अमेरिकाले सिमाक्षेत्रमा आएर विना भिसा अमेरिकामा एसाइलम खोज्ने अन्य देशका नागरिकलाई ग्वाटेमाला पठाउन सुरु गरेकोमा कोरोनाको महामारीका कारण मध्यमार्चबाट भने त्यहाँ पठाउने क्रम स्थगित भएको थियो । गतबर्षको मार्च अगाडि भने एल साल्भाडोर, होण्डुरस लगायतका मुलुकका कैयन नागरिकलाई ग्वाटेमाला पठाइसकिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरक्षित तेश्रो मुलुक सहमति अनुरुप अमेरिकामा विनाभिसा आएर एसाइलम गर्नेको एसाइलम दावी उचित लागेको खण्डमा उनीहरुलाई थप प्रकृयाका लागि तश्रो मुलुक पठाइने र उक्त मुलुकमा नै एसाइलम दिइनेगरी अमेरिकी एसाइलम नीतिमा ट्रम्प प्रशासनले ठूलो परिवर्तन ल्याएको थियो । ती देशहरुसँग भएको सहमति अनुरुप अमेरिकामा एसाइलम खोज्ने र एसाइलम उचित जस्तो लागेकालाई ती तीनमध्ये कुनै पनि देशमा पठाउन सकिने प्रावधान थियो ।

यो सहमति अनुशार अन्य देशका एकहजार भन्दा धेरैलाई अमेरिकाले ग्वाटेमाला पठाएको थियो । उनीहरुलाई अमेरिकामा एसाइलम आवेदन दिने अवशर नै नदिइकनै ग्वाटेमाला पठाइएको थियो । अमेरिकी सिमाक्षेत्रमा केहीदिनसम्म हिराशतमा राखेर ग्वाटेमाला फिर्ता पठाइएपनि त्यहाँ उनीहरुलाई उपयुक्त शरण प्रदान नगरिएका खबरहरु आएका थिए ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले ती देशहरुसँगको सहमति स्थगनको अर्थ सिमा खुला गरिएको भने नरहेको स्पष्ट पारेका छन् । सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुलाई सुरक्षित र व्यवस्थीत तरिकाले प्रकृयामा लैजाने उनले बताएका छन् । तर जसले अनियमित रुपमा अमेरिका छिर्न खोज्छन्, उनीहरुलाई आफू र आफ्नो परिवारलाई समेत जोखिममा राख्ने ब्लींकेनले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com