गृहमन्त्रीको चेतावनी- ‘मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’मा थुनिनेछ’
प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार
गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् । शुक्रबार ओली पक्षले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्ड-नेपाल पक्षलाई संकेत गर्दै भने, ‘मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा थुनिनेछ ।’
गृहमन्त्री थापाले देशमा स्थायित्व, विकास र समृद्धिका लागि ताजा जनादेशमा जान लागेको समयमा अवसरवादीहरुको भ्रममा नपर्न आग्रह गरेका छन् । थापाले आफूहरुले गणतन्त्रको रक्षाका लागि नारायणहिटीमा जनसभा गरिएको बताए ।
देशलाई प्रतिगमनतिर लगेकाले नारायणहीटी अगाडि जनसभा गरेर गणतन्त्रको रक्षा गर्न खोजेको उनको भनाई छ । उनले गुट र फुटवादीहरुलाई सचेत हुन पनि सुझाव दिए । उनले नेतृत्वलाई विस्थापित गर्न खोज्दा मुलुकमा अस्थिरता निम्तिएको बताए ।






