आज अमेरिकामा आउने शरणार्थीको कोटा संख्या बढाउने घोषणा गर्दै बाइडेन प्रशासन


प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार

बाइडेन प्रशासनले आज अमेरिकामा आउने शरणार्थीको संख्या बढाउने घोषणा गर्ने अपेक्षा गरिएको छ । यस्तो घोषणाले बार्षिक अमेरिका आउन पाउने शरणार्थीहरुको कोटा संख्या बृद्धि गर्नेछ ।

डोनाल्ड ट्रम्पले शरणार्थीहरुको बार्षिक कोटा घटाउँदै लगेकोमा जो बाइडेनले चुनावी अभियानताका नै यो संख्या उल्लेख्य बृद्धि गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । आज अमेरिकी विदेश मन्त्रालयको भ्रमण र कर्मचारीहरुसँग भेटघाटका क्रममा बाइडेनले यस्तो घोषणा गर्ने जनाइएको छ । बाइडेनले दिउसो साढे १ बजे अमेरिकी विदेशमन्त्रालयमा भेटघाटको कार्यक्रम तय भएको छ ।

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले दिउसो २ बजे विदेशमन्त्रीलाई भेट्नेछन् भने २ बजेर ४५ मिनेट जाँदा बाइडेनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जसमा उपराष्ट्रपति कमला ह्यारिस पनि उपस्थीत हुनेछिन् । ३ बजेर २० मिनेट जाँदा बाइडेन त्यहाँबाट ह्वाइटहाउसतिर प्रस्थान गर्ने खसोखासलाई प्राप्त तालिकामा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिउसोको सम्बोधनका क्रममा बाइडेनले शरणार्थीको संख्याबृद्धिबारे घोषणा गर्ने अपेक्षा गरिएपनि कति संख्यामा बृद्धि गर्ने भन्नेबारे केही खुलाइएको छैन । ट्रम्पले चालु आर्थिक बर्षका लागि शरणार्थीको संख्या कोटा घटाएर १५ हजारमा झारेका छन्, जुन सन् १९८० यताकै सबैभन्दा कम हो । बाइडेनले शरणार्थीको बार्षिक कोटासंख्या बढाउँदै लगेर बार्षिक १ लाख २५ हजारसम्म बनाउने प्रतिबद्धता जनाएका थिए ।

तर यो योजना कार्यान्वयनका लागि अक्टोबरसम्म अर्थात् चालु आर्थिक बर्ष समाप्त हुँदासम्म भने प्रतिक्षा गर्नुपर्नेछ । नेपालबाट अमेरिका आउने भुटानी शरणार्थीको संख्या यस्तै कोटामा आधारित थियो । तर यो कोटामा अमेरिकाभित्रै आएर एसाइलम दावी गर्नेहरुको संख्या भने पर्दैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com