खानेपानी मन्त्री थापाबाट ‘श्री ५ को सरकारका तर्फबाट’ भन्दै सम्बोधन, सामाजिक सञ्जालमा आलोचना


प्रकाशित मिति : माघ १७, २०७७ शनिबार

प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारका खानेपानी मन्त्री मणी थापाले श्री ५ को सरकारका तर्फबाट भन्दै कार्यक्रममा सम्बोधन गरेका छन् ।
सुर्खेतमा आयोजित एउटा कार्यक्रममा उनले नेपाल सरकारको सट्टा ‘श्री ५ को सरकार’ भन्दै सम्बोधन गरेका थिए ।

उनले सम्बोधनको सुरुमै भनेका थिए- ‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आसिन हुनुहुन्छ। र, सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा…..’

लगत्तै नजिकै रहेका एकजनाले सचेत गराएपछि उनले भने – ‘ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईलाई लाल सलाम भन्न चाहन्छु ।’

थापाले गल्तीले श्री ५ को सरकार भनेपछि मन्चमा समेत खासखुस चलेको थियो । उनले ‘ए, सरी’ भन्दै सम्बोधन जारी राखेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले दिएको मन्तब्यको भिडियो: 

प्रचण्ड-नेपाल समूहका ७ जना मन्त्रीले राजीनामा दिएपछि गत पुस १० गते प्रधानमन्त्री ओलीले थपेका नयाँ मन्त्री मध्ये थापा एकजना हुन् । प्यूठान स्थायी घर भएका पूर्व माओवादी नेता थापाले खानेपानी मन्त्रीको जिम्मा पाएका छन् भने उनी ओली समूहका कर्णाली प्रदेश इन्चार्जपनि हुन् ।

ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि सुर्खेतले शनिबार विरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा थापा चिप्लिएका हुन् ।

सामाजिक सञ्जालमा मन्त्री थापाको आलोचना भएको छ भने मन्त्रीको यो भिडियो भाइरल भएको छ । लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले ट्वीटरमा भनेका छन् – ‘सिध्दान्त र आदर्श ओली सरका पाउमा सुम्पेर मन्त्री पद खाने पूर्व माओवादी मणि थापा त श्री ५ को सरकार पो भन्न थाले लौ ! के यिनले श्री ५ को ओली सरकार भन्न खोज्या हुन् ?’

कतिपयले उनको गल्तीको कडा आलोचना गरेका छन् भने कतिपयले मजाक उडाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com