कृषिमा आधुनिक प्रविधि अपनाउँदै युवा किसान गङ्गाबहादुर


प्रकाशित मिति : माघ ११, २०७७ आईतबार

xfO6]s k|ljlwsf] Knfli6s 6g]n vf]6fª, !! df3 M lbQm]n ?kfsf]6 dem’jfu9L gu/kflnsf–@ ;f]Ndfdf ;~rflnt vf]6fª s[lif kmfd{df xfO6]s k|ljlw ckgfP/ lgdf{0f ul/Psf] Knfli6s 6g]n . u’0f:t/Lo tyf pRr d”Noo’Qm t/sf/L pTkfbg ug]{ p2]Zon] o’jf s[ifs uËfaxfb’/ ljZjsdf{n] xfO6]s k|ljlwsf] Knfli6s 6g]n lgdf{0f ug'{ePsf] xf] . t:jL/ M s]bf/ du/÷/f;;

❒ राजनीतिसँगै कृषि पेशासमेत गर्दै आएका विश्वकर्माद्धारा परम्परागत कृषि पेशालाई निरुत्साहित गर्दै गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु

❒ नगरपालिकाले शुरु गरेको प्राङ्गारिक कृषि अभियान कार्यक्रमअन्तर्गत तरकारी, नर्सरी तथा च्याउ उत्पादन गर्ने गरी फरक–फरक आकारमा चार हाइटेक निर्माण

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गङ्गाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गरेका छन्। राजनीतिसँगै कृषि पेशासमेत गर्दै आएका विश्वकर्माले परम्परागत कृषि पेशालाई निरुत्साहित गर्दै गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गरेका हुन् ।

खोटाङ कृषि फार्म स्थापना गरेर व्यावसायिकरूपमा कृषि पेशा अपनाउँदै आएका विश्वकर्माले उच्च गुणस्तर भएका तरकारी उत्पादन गर्ने उद्देश्यले रु ४२ लाखको लागतमा एकैसाथ चारवटा हाइटेक निर्माण गरेका छन् । प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्र खोटाङको रु ३२ लाख र खोटाङ कृषि फार्मको रु १० लाखमा फरक–फरक आकारको चारवटा हाइटेक एकैसाथ निर्माण गरेर व्यावसायिक तरकारी खेती शुरु गरेका हुन् ।

नगरपालिकाले शुरु गरेको प्राङ्गारिक कृषि अभियान कार्यक्रमअन्तर्गत तरकारी, नर्सरी तथा च्याउ उत्पादन गर्ने गरी फरक–फरक आकारमा चार हाइटेक निर्माण गरिएको फार्मका प्रबन्धक विश्वकर्माले बताए । जिआइ पाइप र युवी प्लाष्टिक प्रयोग गरेर बनाइएको हाइटेकमा उत्पादित तरकारी र च्याउ दिक्तेलबजारलगायत राजधानी काठमाडौँमा समेत खपत गराउने लक्ष्य छ ।

पाँच वर्षभित्र ‘अग्र्यानिक’ नगर बनाउने अभियान चलाइरहेको नगरपालिकामा युवा किसान विश्वकर्माले गोलभेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाँजरलगायत विभिन्न प्रजातिका तरकारी खेती शुरु गरेका छन् । प्राङ्गारिक कृषि अभियान कार्यक्रमअन्तर्गत विश्वकर्माले आधुनिक बङ्गुर खोर तथा भकारो सुधार, च्याउको ब्रोइलर मेसिनसहितको घर निर्माण गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगतदेखि नै तरकारी, माछा, फलफूल खेती गर्दै आएका विश्वकर्मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य छन् । बिहान/बेलुका तथा बिदाको समयमा तरकारी खेतीमा समय दिनुहुने विश्वकर्माले स्थानीय दुई युवालाई रोजगारीसमेत दिएका छन् ।

विश्वकर्माको कृषि फार्ममा कामदारसँगै श्रीमती सरिता राई (विश्वकर्मा) ले साथ दिने गरेका छन्। विश्वकर्माले आफ्नै फार्ममा गँड्यौला मल र जैविक विषादी उत्पादनको तयारीसमेत गरेका छन् । “अन्य मलको तुलनामा गँड्यौला मलले बढी उत्पादन दिनुका साथै गुणस्तरीयसमेत हुन्छ”, विश्वकर्माले भने, “आधुनिक प्रविधि अपनाएर कृषि पेशा गर्दा कम मेहेनतमा बढी आम्दानी लिन सकिन्छ ।”

जिल्लाका अगुवा कृषकसमेत रहेका विश्वकर्माले उत्पादन गरेका कृषि उपज जिल्लाका विभिन्न ठाउँ तथा बाहिरी जिल्लासमेत निर्यात हुने गरेको छ । कृषि पेशाबाटै घरखर्च र बालबच्चाको पढाइ धान्दै आएका विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रदान गरिने सम्मान तथा पुरस्कारसमेत हात पारिसकेका छन् ।

यसअघि सोही नगरपालिकाको वडा नं ८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले पनि हाइटेक प्रविधि अपनाएर व्यावसायिक तरकारी खेती शुरु गरेका थिए । बुवालुङस्थित सुम्नीमा मेरुङ कृषि समूहमा आबद्ध युवा किसानले प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ विराटनगरको रु १९ लाख तथा कृषि समूहको रु आठ लाख ३३ हजार २३६ लागतमा हाइटेक निर्माण गरेर व्यावसायिक खेती शुरु गरेका हुन् ।

कृषि पेशामा ‘पूर्णकालीन’ बनेर सामूहिकरूपमा कृषिको व्यवसायीकरणमा जुटेका दोर्पाचिउरीडाँडास्थित बुवासुङका युवाले अलैँची, आलु, अदुवा, अम्रिसो, बेसार, तीतेकरेला, अकबरे खुर्सानी, लसुन, जापानिज नास्पाती, किबी, एभोकाडो, माछा, सुँगुर तथा तरकारी खेती गर्दै आएका छन् । विसं २०७० देखि व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका १५ युवाले घरजग्गा छाडेर तराई बसिरहेका आफन्तको जग्गा भाडामा लिएर सामूहिक खेती शुरु गरेका छन् ।

कृषि पेशाप्रति युवाशक्तिको मोह जगाउँदै गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सामूहिक खेतीमा लागेका युवाले कृषि फार्म क्षेत्रभित्रै बसोबास गर्न चारकोठे भवन र छाप्रो बनाएका छन् । गाउँमा आफ्नै छुट्टै घर भए पनि उनीहरुको अधिकांश समय सोही छाप्रोमा बित्ने गरेको पाइएको छ । जमिन खनजोतदेखि बीउ छर्ने, गोडमेल गर्ने, मलजल गर्ने, भित्र्याउनेसम्मका काममा उनीहरु सामूहिकरूपमै खट्ने गरेका छन् । सबै शेयर सदस्य युवा कृषि फार्ममा आलु, अदुवा, तरकारी, ग्रासकार्प जातको माछालगायत हेरचाहकै काममा दिन बिताउने गरेका छन् ।  रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com