अमेरिकी नागरिकका २१ बर्ष माथिका अविवाहित छोराछोरीको ग्रिनकार्डका लागि ६ बर्ष ५ महिना


प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०२१ को फेब्रुअरीका लागि भिसा बुलेटिन जारी गरेको छ । जस अन्तरगत विभिन्न श्रेणीका भिसामा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्न मिल्ने मिति उल्लेख गरिएको छ ।

जस अन्तगत ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीका सन्दर्भमा भिसा बुलेटिनमा उल्लेख गरिएको ग्रिनकार्ड जारी गर्ने मिति (फाइनल एक्सन डेट) लाई नै युएससीआईएसले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्नसक्ने मितिका रुपमा समेत स्वीकार गरेको छ । जुन मिति करेन्ट रहेको छ ।

अर्थात् यो श्रेणीमा ग्रिनकार्डवाहकले अमेरिकाभित्रै रहेका आफ्ना दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरीहरुका लागि ग्रिनकार्ड फाइल गर्नका लागि प्राथमिकता मिति कुर्नुपर्नेछैन । तत्काल आई १३० आवेदनसँगै ग्रिनकार्ड आवेदन आई ४८५ पनि दिनसक्नेछन् । विदेशमा रहेकाहरुका सन्दर्भमा मार्च अन्त्य सम्म आप्रवासी भिसामा रोक लगाइएको छ ।

अन्य श्रेणीका ग्रिनकार्डका सन्दर्भमा भने भिसा बुलेटिनमा जारी आवेदन फाइल गर्ने प्राथमिकता मिति (फाइलिंग डेट) लाई नै युएससीआईएसले स्वीकार गरेको छ ।

फेब्रुअरीको भिसा बुलेटिनमा उल्लेखित ग्रिनकार्डका लागि आप्रवासी भिसा जारी गर्ने आवेदनको प्राथमिकता मिति । अर्थात् उल्लेखित अवधिमा फाइल गरेका आवेदकले फेब्रुअरीमा ग्रिनकार्ड पाउन सक्छन् । स्मरणीय छ, आप्रवासी भिसामा रोक लगाउने कार्यकारी आदेश मार्च अन्त्यसम्म कार्यान्वयनमा रहेको छ । श्रोत:  भिसा बुलेटिन

भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि ६ बर्ष ५ महिना रहेको छ । जनवरीको तुलनामा यो मिति परिवर्तन नभएकाले ग्रिनकार्ड पाउन लाग्ने अवधि एकमहिना अझ बढेको छ ।

त्यस्तै ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछारीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधिमा प्राथमिकता मिति एकसातामात्र सरेकाले यो श्रेणीमा ग्रिनकार्ड पाउन ५ बर्ष ७ महिना लाग्नेछ । अमेरिकी नागरिकका तुलनामा ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि कम रहेको छ ।

त्यस्तै अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधिमा प्राथमिकता मिति एकसातामात्र सरेकाले यो श्रेणीमा ग्रिनकार्ड पाउन १२ बर्ष ७ महिना लाग्नेछ । अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधिमा पनि प्राथमिकता मिति एकसातामात्र सरेकाले अब यो अवधि झण्डै १४ बर्ष ४ महिना पुगेको छ ।

अमेरिकामा नै हुनेहरुका सन्दर्भमा भने फेब्रुअरीमा निम्न प्राथमिकता मिति भएका आवेदकका लागि फेब्रुअरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिनेछ । ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीका सन्दर्भमा भिसा बुलेटिनमा उल्लेख गरिएको ग्रिनकार्ड जारी गर्ने मिति (फाइनल एक्सन डेट) लाई नै युएससीआईएसले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्नसक्ने मितिका रुपमा समेत स्वीकार गरेको छ ।

यदि अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरी अमेरिकामा नै बैध स्टाटसमा रहेका छन् र उनीहरुको आई १३० आवेदन सन् २०१५ को अगस्त ८ अगाडि फाइल गरिएको हो भने उनीहरुले फेब्रुअरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् । त्यस्तै ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरी अमेरिकामा नै बैध स्टाटसमा रहेका छन् र उनीहरुको आई १३० आवेदन सन् २०१६ को मे २२ अगाडि फाइल गरिएको थियो भने उनीहरुले फेब्रुअरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् ।

त्यस्तै अमेरिकी नागरिकका विवाहित छोराछोरी अमेरिकामा नै बैध स्टाटसमा रहेका छन् र उनीहरुको आई १३० आवेदन सन् २००९ को जुन २२ भन्दा अगाडि फाइल गरिएको थियो भने उनीहरुले फेब्रुअरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् । अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरु अमेरिकामा नै बैध स्टाटसमा रहेका छन् र उनीहरुको आई १३० आवेदन सन् २००७ को अक्टोबर १ अगाडि फाइल गरिएको थियो भने उनीहरुले फेब्रुअरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् ।

चीन, भारत, मेक्सिको र फिलिपिन्सका सन्दर्भमा यी श्रेणीहरुमा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति अझै लामो रहेको छ ।

रोजगारमा आधारित सबै श्रेणीहरु फेब्रुअरीमा करेन्ट रहेका छन् । अर्थात् यी श्रेणी आई १४० आवेदनसँगै आई ४८५ आवेदन फाइल गर्न सकिन्छ । प्राथमिकता मिति कुर्नुपर्दैन । करेन्ट भएपनि आप्रवासन रोकका कारण अमेरिकाबाहिर हुनेहरुले तत्काल भिसा पाउनेछैनन् तर अमेरिकाभित्रै हुनेहरुलाई भने फाइदा पुग्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com