अफगानिस्तानमा सुरक्षा कारबाही, सोह्र तालिबान लडाकू मारिए


प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार

अफगानिस्तानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तमा अवस्थित शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको सुरक्षा कारबाहीमा परी कम्तीमा सोह्र लडाकू मारिएका प्रान्तीय सरकारद्वारा शुक्रबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । बिहीबार राति जारी गरिएको यस विज्ञप्तिका अनुसार खोगीआनी जिल्लाको आक्रम खिल क्षेत्र र शिर्जाल जिल्लाको हासिम खिल क्षेत्रमा गरिएको कारबाहीको क्रममा तालिबानका पाँच कमाण्डर पनि मारिएका जनाएको छ ।

कारबाहीको क्रममा तालिबान लडाकू लुकेर बसेको आखाडा र उनीहरुको जाँच चौकीलाई पनि ध्वस्त परेको जनाइएको छ । पछिल्लो दुई दशकदेखि हिंसा, हत्या र आतङ्कको चपेटामा परेको अफगानिस्तानमा पटक पटक शान्ति वार्ताको प्रयास थालिए पनि दिनहुँ राजनीतिक प्रेरित हत्या र हिंसाका घटना कायम नै छ । तालिबानी समूहले अहिले पनि सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् ।

तर अफगान सरकारका वार्ताकारले स्थायी युद्धबिराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेष रुपमा जोड दिँदै आएका र हाल पनि सरकारको मुख्य एजेन्डा सोही रहेको छ । गतवर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मे महिना भित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो । अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता शुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन ।

पछिल्लो समय सरकारी पदाधिकारी, अधिकारवादी र पत्रकारलक्षित आक्रमण भइरहेका छन् । यहाँ हिंसामा परेर नागरिकको ज्यान जाने क्रम रोकिएको छैन् । तालिाबानले जारी राखेको यस हिंसा हत्याको कारण तालिबानविरुद्ध सुरक्षा कारबाही जारी राख्न सुरक्षा अधिकारीहरु पनि बाध्य भएका छन् । सिन्हवा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

(नोट : यो समाचार अपडेटको क्रममा छ ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com