युवालाई आक्रामक आन्दोलन गर्न निर्देशन दिँदै प्रचण्डले भने- ‘शाकाहारी आन्दोलनले हुँदैन, एकपटक लाठी खान मन छ’


प्रकाशित मिति : माघ ४, २०७७ आईतबार

❒ प्रतिगमनविरुद्धको आन्दोलन शाकाहारी नभइ आवेगपूर्ण र आक्रामक हुनुपर्नेमा प्रचण्डको जोड

❒ सडकमा आक्रामक रुपमा आउन युवाहरुलाई प्रचण्डको आह्वान

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्धको आन्दोलनमा आफू टाउको फुटाउन तयार रहेको भन्दै अबको आन्दोलन शाकाहारी नभइ आवेगपूर्ण र आक्रामक हुनुपर्नेमा जोड दिए ।

‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्‍यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो ।’ प्रचण्डले भने, ‘मलाई यो पटक लाठी खान मन छ। किन किन मेरो टाउको चिलाको छ।’

सडकमा आक्रामक रुपमा आउन युवाहरुलाई आह्वान गर्दै प्रचण्डले आफू युवाहरुको आन्दोलनमा अग्रभागमा रहेर रगत बगाउन तयार रहेको बताए । प्रचण्डले आफूहरु ओलीमाथि जाइ लाग्न चाहेकोले लाठी खानुपर्ने अवस्था आउनेसमेत बताए। ‘ओलीमाथि जाइ लाग्न चाहेका छौं।’ प्रचण्डले भने, ‘गणतन्त्रको आन्दोलनका बेला केपी ओली रुँदै थिए। गणतन्त्र आउन हुदैन भनेर।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com