परराष्ट्रमन्त्री ज्ञवाली भारततर्फ प्रस्थान


प्रकाशित मिति : माघ १, २०७७ बिहीबार

❒ बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी

❒ ज्ञवाली माघ ३ गते स्वदेश फर्कने

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारततर्फ प्रस्थान गरेका छन् । उनी केही बेर अघि भारत प्रस्थान गरेका हुन् ।

आज र भोली भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत गएका हुन् ।

बैठक कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने बताइएको छ । यस्तै, नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा समेत छलफल हुनेछ ।

मन्त्री ज्ञवाली माघ ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com