कोभिड खोपका लागि आर्थिक सहयोग गर्न सरकारको आह्‍वान


प्रकाशित मिति : पुस २९, २०७७ बुधबार

❒ कोरोना खोप कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षासमेत गरिने

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

सरकारले कोरोनाभाइरसविरुद्धको खोप खरिद गर्न रकम आवश्यक परेको भन्दै आर्थिक सहयोग गर्न आह्वान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोभिड खोप नि:शुल्क वितरणका लागि ठूलो रकम आवश्यक पर्ने हुँदा विदेशी दातृ निकाय, विभिन्न व्यावसायिक एवं सामाजिक संघ-संस्था तथा परोपकारी संस्थाहरुलाई खोप कोषमा रकम जम्मा गरिदिन आह्‍वान गरेको हो ।

कोरोना खोप कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षासमेत गरिने मन्त्रालयले जनाएको छ। राष्ट्रिय वाणिज्य बैंकमा रहेको खोप कोषको खाता नं. १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सकिने मन्त्रालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com