ओलीलाई प्रचण्डको चुनौती- ‘सरकारले गर्न खोजेको राम्रो काममा पार्टीले अवरोध गरेको एउटा मात्र उदाहरण दिनुस्’


प्रकाशित मिति : पुस २९, २०७७ बुधबार

❒ ‘सरकारले गर्न खोजेको राम्रो काममा पार्टीले अवरोध गरेको एउटा मात्र उदाहरण दिनुस्, म केपी ओलीलाई चुनौती दिन चाहन्छु ।’

❒ ‘ओलीले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता नाटकमात्रै हो’

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

नेपाल कम्यूनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सरकारलाई राम्रो काम गर्न नदिएको एउटा मात्र उदाहरण देखाउन चुनौती दिएका छन् ।

बुधबार काठमाडौंमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सरकारका काममा अवरोध गर्यो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपको खण्डन गर्दै यस्तो चुनौती दिएका हुन् ।

‘सरकारले गर्न खोजेको राम्रो काममा पार्टीले अवरोध गरेको एउटा मात्र उदाहरण दिनुस्, म केपी ओलीलाई चुनौती दिन चाहन्छु ।’ उनले थपे, ‘पार्टीको यो निर्णयले, पार्टीका यी नेताहरुले मलाई यो राम्रो काम गर्न खोज्दा दिएनन् भनेर एउटा प्रमाण पेश गर्न चुनौती दिन चाहान्छु ।’

ओलीले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता नाटकमात्रै भएको प्रचण्डले बताएका छन् । प्रचण्डले ओलीको राष्ट्रवाद भारतीय गुप्तचरका प्रमुखसँग रातीराती भेट गरेबाटै प्रष्ट भएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘उहाँलाई विदेशी शक्ति आएर के के मन्त्र सुनाए त्यो थाहा भएकै हो । उनले भने, अहिले जी न्युजलाई उहाँले दिएको अन्तर्वार्ता पनि हेर्यौँ त्यो नाटकै हो । त्यसको पटाक्षप नै भैसकयो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com