अब ग्रिनकार्ड नविकरणको रिसिप्टले म्यादसकिएको १२ महिनासम्म ग्रिनकार्डको काम गर्ने


प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार

अब नविकरण आवेदन पठाइसकेपछि प्राप्त हुने रिसिप्टले नै ग्रिनकार्डको म्याद सकिएको १२ महिनासम्म अस्थायी ग्रिनकार्डको काम गर्नेछ । तर अमेरिकाबाहिर यात्रा गरेर फर्कदा रिसिप्टका साथमा म्याद सकिएको ग्रिनकार्डपनि बोक्नुपर्नेछ ।

पहिले नै बायोमेट्रिक अप्वाइन्टमेन्ट तय भइसकेका आवेदकका सन्दर्भमा भने पुनरावलोकन गरिएको नयाँ प्रकारको रिसिप्ट प्राप्त नगर्ने जनाइएको छ । उनीहरुले ग्रिनकार्डवाहकका रुपमा अस्थायी प्रमाणको स्टीकर बायोमेट्रिक अप्वाइन्टमेन्टकै बेलामा प्राप्त गर्नेछन् ।

कोरोना महामारीका कारण युएससीआईएसले १३ लाख भन्दा बढी आवेदकलाई बायोमेट्रिक अप्वाइन्टमेन्ट पठाउन नसकेको सन्दर्भमा नयाँ प्रावधान ल्याइएको हो ।

थप समाचारका लागि खसोखासको अध्यागमन अपडेट सेक्सन हेर्नुहोस् ।

 

जनवरीदेखि ग्रिनकार्ड नविकरणको नयाँ प्रकारको रिसिप्टले म्यादसकिएको १२ महिनासम्म ग्रिनकार्डको काम गर्ने भएको छ । युएससीआइएसले जनवरीदेखि ग्रिनकार्डको नविकरण आवेदनमा नयाँ प्रकारको रिसिप्ट जारी गर्ने जनाएको छ ।

युएससीआईएसले जारी गर्ने नयाँ प्रकारको रिसिप्टले आवेदकको पुरानो ग्रिनकार्डसँगै ग्रिनकार्डको म्याद सकिएको १२ महिनासम्म अमेरिकाको स्थायी बासिन्दाका रुपमा अस्थायी प्रमाणका रुपमा काम गर्ने भएको छ । ग्रिनकार्डको म्याद अगाडि पट्टीको भागमा उल्लेख गरिएको हुन्छ ।

अब ग्रिनकार्डको नविकरण वा पुनस्थार्पनाका लागि आवेदकले आई ९० फर्म भरिसकेपछि युएससीआईएसले आवेदन प्राप्त भएको ७ देखि १० दिनपछि हुलाकमार्फत नयाँ प्रकारको रिसिप्ट नोटिस अर्थात् आई ७९७ पठाउने भएको छ । उक्त रिसिप्ट नोटिस विशेष प्रकारको सुरक्षित कागजमा प्रिन्ट गरेर पठाइने युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यही रिसिप्ट नोटिसले ग्रिनकार्डवाहक भएको प्रमाणका रुपमा मात्र काम गर्ने नभई अमेरिकामा काम गर्नका लागि वर्क परमिटका रुपमा समेत काम गर्नेछ । साथै अमेरिकाबाहिर यात्रा गरेर अमेरिका फर्कनका लागि समेत प्रमाणका रुपमा काम गर्नेछ । तर अमेरिकाबाहिरबाट अमेरिका फर्कदा भने यो रिसिप्टका साथमा एक्सपायर भएको ग्रिनकार्ड समेत पेश गर्नुपर्नेछ ।

अबदेखि ग्रिनकार्डको म्याद सकिन लागेका आवेदकहरुले ग्रिनकार्ड नविकरणका लागि आवेदन दिइसकेपछि बायोमेट्रिक अप्वाइन्टमेन्टका बेलामा एप्लीकेशन सपोर्ट सेन्टरबाट भने स्टीकर प्राप्त गर्ने छैनन् । यो स्टीकरले ग्रिनकार्डको म्याद सकिएका ग्रिनकार्डवाहकलाई समेत ग्रिनकार्डवाहक भएको अस्थायी प्रमाणको रुपमा काम गर्दै आएको थियो ।

पहिले नै बायोमेट्रिक अप्वाइन्टमेन्ट तय भइसकेका आवेदकका सन्दर्भमा भने पुनरावलोकन गरिएको नयाँ प्रकारको रिसिप्ट प्राप्त नगर्ने जनाइएको छ । उनीहरुले ग्रिनकार्डवाहकका रुपमा अस्थायी प्रमाणको स्टीकर बायोमेट्रिक अप्वाइन्टमेन्टकै बेलामा प्राप्त गर्नेछन् ।

कोरोना महामारीका कारण युएससीआईएसले १३ लाख भन्दा बढी आवेदकलाई बायोमेट्रिक अप्वाइन्टमेन्ट पठाउन नसकेको सन्दर्भमा नयाँ प्रावधान ल्याइएको हो । नयाँ प्रावधान अनुशार अब आवेदकले म्याद सकिएका ग्रिनकार्डमा यात्रा गर्नका लागि ग्रिनकार्डवाहक भएको अस्थायी प्रमाणका रुपमा दिइने नयाँ स्टीकरका लागि बायोमेट्रिक अप्वाइन्टमेन्ट कुनुपर्ने छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com