नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, ६ को मृत्यु


प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५५४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ भने संक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५७ हजार २२९ स‌ंक्रमणमुक्त भएका छन् ।

यस्तै आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ९ सय ९ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com