धनगढी पुगे ओली, स्वागतमा गएनन् मुख्यमन्त्री


प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । श्री एयरलाइन्सको हवाईजहाजबाट शुक्रबार दिउँसो आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन् ।

धनगढी विमानस्थलमा ओलीको स्वागतका लागि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट विमानस्थल नगएको बताइएको छ ।ओलीको सम्बोधनका लागि बनाइएको खुल्लामञ्चनजिक नेकपा बहुमतनिकट अनेरास्ववियुका कार्यकर्ताले टायर बालेर विरोध गरेका छन् । उनीहरु प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com