संसद विघटन प्रकरण : बृहत पूर्ण इजलासको माग (निवेदनसहित)


प्रकाशित मिति : पुस २२, २०७७ बुधबार

प्रतिनिधिसभा विघटनविरुद्ध रिट दिएका निवेदकहरुले मुद्दामा सुनुवाईका लागि बृहत पूर्ण इजलासको माग गरेका छन् । संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले रिट निवेदकहरुको तर्फबाट संयुक्त निवेदन पेश गर्दै पूर्ण इजलासको माग गरेका हुन् ।

निवेदनमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन गर्ने विषय संवैधानिक व्याख्याको विषय मात्र नभई संविधान र कानूनको गम्भीर व्याख्या गर्नुपर्ने विषय हो, यसको अन्तिम व्याख्या बृहत पूर्ण इजलासले मात्र गर्न सक्दछ, हामीले उठाएको विषयलाई पनि वृहत पूर्ण इजलासले अन्तिम व्याख्या गर्नुपर्दछ भन्ने हाम्रो संयुक्त निवेदन छ ।’

अहिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेवबहादुर केसीको संवैधानिक इजलासमा रिटबारे बहस भैरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com