नेकपाको संस्थापन पक्ष (प्रचण्ड-माधव) ले प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएको छ । बिहीबार बिहान बसेको संस्थापन पक्षको बहुमत सांसदको बैठकले दलको नेताबाट राईलाई हटाउने निर्णय गरेको हो । उनको स्थानमा भीम आचार्यलाई चयन गरिएको छ ।
मुख्यमन्त्री राईविरुद्ध यसअघि नै अविश्वासको प्रस्ताव दर्ता भैससकेको छ । नयाँ मुख्यमन्त्रीमा आचार्यलाई नै प्रस्ताव गरिएको थियो । कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूहमा रहेका शेरधन राईको पक्षमा २२ जना मात्रै छन् भने संस्थापन पक्षमा ४० भन्दा बढी सांसद छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।