निर्मला हत्या प्रकरणः एसपी विष्टको निलम्बन फुकुवा गर्ने सरकारको निर्णय


प्रकाशित मिति : पुस १५, २०७७ बुधबार

सरकारले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएर बर्खास्तमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपी विष्टको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै उनी प्रहरी सेवामा फर्किन पाउने भएका छन् ।                                                                             २०७५ साउन ११ गते निर्मलाको उखुबारीमा बलात्कारपछि हत्या गरिएपछि विष्टलाई गृहले कात्तिक ८ गते बर्खास्त गरेको थियो । हत्यारालाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । यसअघि प्रकरणमा निलम्बनमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन डीएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदिशप्रसाद भट्ट लगायत सेवामा फर्किइसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com